'बजार अनुगमनको दायरा फराकिलो हुनुपर्छ'

  • असोज २२, २०८१
  • समृद्धिपथ
alt

सम्पादकीय 

जीवछ उदासी 

यस वर्ष घटस्थापना भएपछि बजार अनुगमन लहानमा भइरहेको छ । वर्षमा दसैको मुखमा हुने अनुगमनको सकारात्मक र नकारात्मक पक्षबारे सामाजिक सञ्जालमा निकै टिका टिप्पणी भएको छ । वर्षभरी सुतेर बस्ने चाडपर्वको मुखमा मात्रै अनुगमन हुनुले संशय उत्पन्न भएको छ । अनुगम हुनुहुँदैन यो पनि ठीक तर्क होइन । अनुगमन त निरन्तर भइरहनुपर्छ । अनुगमनको आफ्नै नियम र संहिता छ । अनुगमन हुनुभन्दा पूर्व बजारमा अनुगमन गरिने क्षेत्रलाई कैयन पटक सचेत पनि गराउन जरुरी हुन्छ । चेतना र सचेतनाको नाममा कुनै प्रयास नगर्ने एकासी अनुगमन गरियो भने व्यापारमा हुने भय त्रास र निरासाको सम्बोधन कसरी गर्ने ? यसकोणबाट पनि प्रश्न उठ्नु स्वभिक हुन जान्छ । 

दसैंको बेला अनुगमन बजार क्षेत्रमा मात्रै गर्ने कि बोर्डर क्षेत्रमा पनि गर्ने । चाडपर्वको समयमा बोर्डरपारी भारतीय बजारमा भीडभाड र नेपालतर्फको बजार सुनसान रहेको यथार्ततालाई अनुगमनकारी निकायसँग कुनै कार्ययोजना छ कि छैन् ? नेपाली बजार भारतीय सीमा क्षेत्रले नै लिइरहने हो भने नेपाली अर्थतन्त्रको हाल के होला ? मधेसको सबै पैसा भारतीय बजारमा गएर नै खन्याउनुपर्ने अवस्थाको कसरी अन्तय गर्ने ? यसबारे अन्तरक्रिया छलफल नै गर्नुपर्ने आवश्यक्ता देखिएपनि कुनै पहलको सुरसार छैन् । 

अर्को पक्ष अनुगमन निरन्तर भइ रहयो भने बजार स्वच्छ रहन्छ तर त्यस्तो पनि भइरहेको छैन् । अनुगमन गर्ने टोलीमा हुनेहरुले गोप्यनताको कति ख्याल गर्छ ? योपनि मननीय बिषय हो । लहानको खसी बोका खरिद बिक्रीमा दुई सयको रसिद दिएर अढाई सय असुली गरिएको भिडियो नै आयो । पाँच हजारको बोका सात हजारमा बिक्रि भयो । तरकारी बजारमा भारतबाट एका बिहानै आउने तरकारी उपभोक्ताहरु खान बाध्य छन । यसको अनुगमन कसले र कहिले गर्ने ? अनुगमनको दायरा फराकिलो छ तर संकीर्ण भएर केहि क्षेत्रमा भइरहेको अनुगमनभित्र धेरै कुरा लुकेको हुन सक्ने चौतर्फी चर्चाको बिषय बनिरहेको छ । 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A