पत्रकारितामा शब्द चयनको महत्व

  • असोज २३, २०८१
  • समृद्धिपथ
alt

सम्पादकीय 

जीवछ उदासी 

पत्रकारिता समाजको आवाज हो । पत्रकारितालाई लोकतन्त्रको प्राणवायु पनि भनिन्छ । समाजको हरेक गतिविधि र सुचना सम्प्रेषण गर्ने पत्रकारको भूमिका बोल्ने शैली लेख्ने तरिका र हाउभाउ सबै सन्तुलित हुनुपर्छ। अहिलेको जमाना आएको छ । डिजिटलको जमानामा छिटो सुचना पाउने व्यग्र चाहना हुनुपनि स्वभाविकै हो । पत्रकारलाई मैले यसरी अर्थयाउने गरिरहेको छु । प: पहरेदार समाजको,त्र' त्रसित हुनु हुँदैन,का: काममा विश्वास गर्नु,र: रहस्य पता लगाउनु हो । 

पत्रकारिता जगतमा भएको विकाससँगै यसमा विकृति पनि भित्रिएकै हो । यसबारे पत्रकारिताको संरक्षण र विकास गर्ने संघ संस्थाहरुमा पनि यो विषय उठिरहेको छ । पत्रकारितालाई शुद्ध गर्न प्रशिक्षण र आचार संहिताको माध्यमबाट बुझ्नु र बुझाउनु आवश्यक छ । लेखाई बोलाईमा कस्ता शब्द प्रयोग गर्न हुने नहुनेबारे ज्ञान हुनु अपरिहार्य छ । केहि पत्रकारहरुले सामाजिक सञ्जालमा गर्ने कमेन्ट र राख्ने स्टाटस लेख्नेले नै दोहोराइ तेहराइ पढने हो भने पत्रकारले लेख्न हुने कि नहुनेबारे प्रष्ट भइहाल्छ । पत्रकारितामा स्तरीयताको खोजी भइरहेको छ । शब्द चयन र शैली सन्तुलित भएन भने यस्तो पनि पत्रकार हुन्छ भने कोणबाट प्रश्न उठिरहेको छ । सबैभन्दा उदेकलाग्दो कुरा त के छ भने सार्वजानिक ठाउँहरुमा फलानो पनि पत्रकार । उ कसरी भयो पत्रकार ? पत्रकार बन्न कुनै तालिम प्रमाणपत्र चाहिन्छ कि मोबाइल भयो भने पुग्यो । यी प्रश्नहरु उठाउनेलाई के भन्ने के जवाफ दिइने यो चुनौती छ । 

 पत्रकारको कलम त क्यामरा खुकुरी र बर्छी जस्तो हतियार होइन् । पत्रकारको कलम सत्यतथ्य उजागर गरेर सुचना सम्प्रेषण गर्नु हो । तर,कतिपयले पत्रकारितामा प्रबेश गरेर कलम र मोबाइललाई हतियार जस्तै प्रयोग गर्न खोजिरहेको छ । बार्गेनिङ गर्ने माध्यम बनाएर कमाइ गर्न खोजिरहेको हुन्छ । पत्रकारिताको बदनाम पाइरहेको छ । शब्द चयन ठूलो कमजोरीको रुपमा देखिएको छ । प्रयोग गर्नै नहुने घटिया शब्दहरुको प्रयोगले स्तरीय पत्रकारको पनि ओज घटाई रहेको छ । सहमत र मन मिलेको बेलामा भगवानभन्दा पनि महान देख्ने मन मिलेन भने दुश्मनसँग पनि प्रयोग गर्न नसक्ने शब्दको प्रयोग किमार्थ उचित होइन । पत्रकारिताको रेसमा गुण्डाको भेस नहोस् । स्तरीयत पत्रकारिता र निष्पक्ष पत्रकारिता हुनुपर्छ भने आम जनता र समाजको चाहना छ । पत्रकारिता सवल भयो भने मात्रै लोकतन्त्र सफल हुनेछ । गोली भन्दा खतरनाक मानिएको बोलीलाई र आराजक शैलीलाई सुधार्न ध्यान जान आवश्यक छ । 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A