इन्टेलेक्चुअल फाउन्डेसनद्वारा शिक्षाको महत्व विषयमा विमर्श सम्पन्न

  • असोज २८, २०८१
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,असोज २८ गते । 

मधेशमा शिक्षा जागरणको लागि अभियान थालेको इन्टेलेक्चुअल फाउन्डेसन नेपालले बोदे वरसाइन -८ काचनमा शिक्षाको महत्व र आवश्यकता विषयक विमर्श सम्पन्न भएको छ । 

मधेशको शिक्षाको स्तर दिनानुदिन खँस्किदैजानु,शिक्षामा अनुशासन र नैतिकता हराउँदैजानु,सामुदायिक विद्यालयप्रति अविश्वास बढ्दैजानु,अभिभावक सचेत नहुनु,विद्यालयका प्रअहरु विद्यालय सुधार योजना नबनाउनु,खाजा कार्यक्रममा प्रति विधार्थी १५ रुपैया अति न्युन हुनु,जनप्रतिनिधिहरुको चासो र बजेट सामुदायिक विद्यालयमा नदिइनु,शिक्षक कर्मचारी र जनप्रतिनिधिका बालबालिकाहरु सामुदायिक विद्यालयमा भर्ना नहुनु ,सामुदायिक विद्यालयहरुको शिक्षकशिक्षिकाहरुको मासिक तलब नदिइनु ,स्थानीय तहमा शिक्षालाई राखेपछि सुधार हुनुको सट्टा राजनैतिक पूर्वाग्रही हुनु, शिक्षकहरुलाई सम्मान नगर्नु,विधार्थीहरुको ध्यान पढाइभन्दा बढी मोवाइलमा दिनु लगायतका शैक्षिक समस्याप्रति विमर्श गरिएको थियो । 

IMG_20241014_070633

विमर्श कार्यक्रममा भाटिनका प्रअ जमिला खातुन,समाजसेवी इन्जिनियर सुर्य नारायण यादव,पुर्व वडाध्यक्ष लक्षमी साह,अवकास प्राप्त शिक्षक रुप नारायण साह,वडाध्यक्ष बैजनाथ चौधरी समाजसेवी दानालाल यादव शिक्षक राम विलास यादव,मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश प्रसाद यादव ,मधेश आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव,गोरखापत्र दैनिकका मधेश प्रदेश संयोजक धिरेन्द्र प्रसाद साह लगायतकाले सामुदायिक विद्यालयको अवस्था र सुधारको प्रयास आवश्यक रहेको विषयमा महत्पूर्ण धारणा राख्नु भएको थियो । उहाँहरुले इन्टेलेक्चुअल फाउन्डेसन नेपालका अध्यक्ष डा सुर्य प्रसाद यादवले काचनबाट मधेस प्रदेशको शिक्षा सुधारको लागि थालेको अभियानको प्रशंसा समेत गर्नुभएको थियो । कार्यक्रम फाउन्डेसनको अध्यक्ष डा सुर्य प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश जनकराजर्षि विश्वविद्यालयका संस्थापक रजिष्टार महेन्द्र यादव प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत मन्तब्य शिक्षक रङगलसल साहले गर्नु भएको थियो भने सञ्चालन पत्रकार जिवछ उदासीले गर्नु भएको थियो ।

प्रेस चौतारी नेपाल, ...

फिरोज सिद्दिकी  सिराहा । प्रेस चौतारी नेपाल, सिरा ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी  सिरहा, २४ माघ । प्रेस चौतारी नेपा ...

सखुवानन्कारकट्टीमा क ...

फिरोज सिद्दिकी  लहान। सिराहाको सखुवानन्कारकट्टी ग ...

लहान नगर प्रमुखको दम ...

फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका प्रमुख मह ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A