सिरहामा पत्रकार विजय साहको गिरफ्तारीप्रति प्रेस चौतारीको गम्भीर आपत्ति, पत्रकारलाई तुरुन्त रिहा गर्न माग

  • कार्तिक २, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । प्रेस चौतारी नेपाल सिरहा शाखाले आफ्नो सदस्य तथा ‘दस्तक खबर’ का सञ्चालक विजय साहको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै घटनालाई पत्रकारिताको स्वतन्त्रतामा ठुलो आघात पुगेको ठहर गरेको छ।

इलाका प्रहरी कार्यालय लहानले कार्तिक २ गते साहलाई कार्यालयमै काम गरिरहेको अवस्थामा पक्राउ गरेको थियो। साहले लहानको दुर्गा मन्दिरमा दशैँका अवसरमा आयोजित मनोरञ्जनात्मक कार्यक्रममा भएको अश्लील नृत्य र उच्छृंखल गतिविधिबारे सचेतनामूलक सन्देश लेखेका थिए। यस्तै लेखका कारण प्रहरीले साहलाई पक्राउ गरेको हो।

प्रेस चौतारी नेपाल सिरहाका अध्यक्ष शिवकुमार साहले विज्ञप्ति जारी गर्दै विजय साहको गिरफ्तारीले पत्रकारिताको स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमा गम्भीर चोट पुर्याएको बताएका छन्। उनका अनुसार साहले सधैं सत्यको पक्षमा आवाज उठाउँदै आएका थिए र यो गिरफ्तारीले समाजमा बढ्दो अश्लीलतालाई प्रोत्साहन दिने प्रहरीको गतिविधिको उदाहरण प्रस्तुत गरेको छ। यस गिरफ्तारीलाई “समाजमा भइरहेको अश्लीलता र उच्छृंखल गतिविधिलाई प्रहरीबाट प्रोत्साहन“ भएको ठहर गरेको छ।
विज्ञप्तिमा इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु प्रसाद सोतीको आदेशमा भएको यस घटनालाई लोकतन्त्रको मुल्यमान्यतामाथि प्रहारको रूपमा लिइएको छ। प्रेस चौतारीले पत्रकारितामा संलग्न व्यक्तिहरूमाथि दमन कुनै पनि अवस्थामा स्वीकार्य नभएको भन्दै साहको तत्काल र बिना शर्त रिहाइको माग गरेको छ।

साथै, प्रेस चौतारीले प्रेस स्वतन्त्रताको रक्षा गर्न, समाचार संकलन र प्रसारणको वातावरण सुनिश्चित गर्न र अभिव्यक्तिको अधिकारको संरक्षण गर्न सरकार र सम्बद्ध निकायलाई गम्भीर बन्न आग्रह गरेको छ। संगठनले यस दमनकारी कदमको विरोधमा पत्रकार, नागरिक र मानव अधिकारकर्मीहरूलाई एकजुट हुन र आवाज उठाउन पनि आह्वान गरेको छ।

प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य राम भरोसी महतोले समाजमा हुने अश्लिल र उछृंखल गतिविधिलाई प्रहरीले रोक्नुपर्नेमा उल्टै अश्लीलता र उछृंखल गतिविधिलाई रोक्न सचेत गराउने सञ्चारकर्मी विजय साहलाई लहान प्रहरीले पक्राउ गर्ने कार्य खेद जनक रहेको बताएका छन्। उनले निःशर्त रिहा गरी प्रेस र अभिव्यक्ति स्वतन्त्रता कायम गर्न आग्रह गरेको छ।

463839995_8871013782917816_8356004930133770188_n

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A