प्रेस चौतारी नेपाल केन्द्रीय समितिद्वारा पत्रकार साहको पक्राउको कडा विरोध

  • कार्तिक ३, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

सिरहा । प्रेस चौतारी नेपाल केन्द्रीय समितिले सिरहा जिल्लाका सदस्य तथा दस्तक खबरका सञ्चालक विजय साहको पक्राउको कडा विरोध गर्दै घटनाको निन्दा गरेको छ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख विष्णुप्रसाद सोतीको नेतृत्वमा साहलाई दस्तक खबरको कार्यालयबाट पक्राउ गरिएको घटनालाई प्रेस स्वतन्त्रता र मानव अधिकारको उल्लंघनको रूपमा लिएको हो।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तिमा प्रहरीद्वारा श्रमजीवी पत्रकारमाथि ‘गुण्डागर्दी शैली’ मा गरिएको गिरफ्तारी अत्यन्तै दुखद र गम्भीर भएको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, “प्रेस स्वतन्त्रता, मानव अधिकार र सूचनाको नागरिक अधिकार विरोधी यो घटना कुनै पनि अवस्थामा स्वीकार्य छैन।“

लहानको दुर्गा मन्दिरमा दशैँको अवसरमा आयोजित मनोरञ्जनात्मक कार्यक्रममा अश्लील नृत्यको समाचार कभरेजलाई लिएर पक्राउ गरिएको छ। अश्लीलता र उच्छृंखल क्रियाकलापलाई उजागर गर्ने पत्रकारलाई पक्राउ गरेर प्रहरी प्रशासनले समाजमा अश्लीलतालाई प्रोत्साहन दिएको आरोप लगाइएको छ।

प्रेस चौतारी नेपालले सरकार र सम्बद्ध निकायहरूलाई प्रेस स्वतन्त्रताको रक्षा गर्न, पत्रकारहरूलाई स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न सुरक्षित वातावरण बनाउन गम्भीर हुन आग्रह गरेको छ। साथै, विजय साहलाई तुरुन्त र बिना शर्त रिहा गर्न र घटनामा संलग्न प्रहरी अधिकारीमाथि कारबाही गर्न समेत माग गरिएको छ।

प्रेस चौतारीले यस घटनालाई गम्भीरतापूर्वक लिँदै समाजमा प्रेस स्वतन्त्रता र मानव अधिकारको महत्त्वलाई पुनः पुष्टि गर्ने सन्देश पनि विज्ञप्ति मार्फत दिएको छ।

photo_2024-10-19_10-32-31

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A