सिरहामा पत्रकार पक्राउको पत्रकार महासंघद्वारा भत्सना

  • कार्तिक ३, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

सिरहा । सिरहाबाट प्रकाशित हुने पत्रिका “दस्तक खबर’’ का सञ्चालक विजय साहलाई इलाका प्रहरी कार्यालय लहानका प्रमुख विष्णुप्रसाद सोतीको नेतृत्वमा पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गम्भीर आपत्ति प्रकट गरेको छ।

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार साहको गिरफ्तारीलाई प्रेस स्वतन्त्रताको घोर उल्लङ्घन भएको ठहर गर्दै यस घटनाको घोर भत्सना र निन्दा गरेको हो।

पत्रकार महासंघका महासचिव श्याम बञ्जाराले जारी गरेको विज्ञप्तिमा श्रमजीवी पत्रकारमाथि गुण्डागर्दी शैलीमा कार्यालयबाटै पक्राउ गरिनु दुःखद र गम्भीर विषय भएको उल्लेख छ।

बडा दशैंको अवसरमा लहानस्थित प्रसिद्ध दुर्गा मन्दिरमा भएको मनोरञ्जनात्मक कार्यक्रममा अश्लील नृत्य प्रदर्शन र उछृङ्खल क्रियाकलापलाई लिएर “दस्तक खबर“ मा प्रकाशित समाचारपछि प्रहरीले साहलाई लक्षित गरी पक्राउ गरेको महासंघको ठहर छ।

महासंघले यो कदमलाई प्रेस स्वतन्त्रता, मानव अधिकार र सूचनाको नागरिक अधिकारको उल्लङ्घनका रूपमा लिएको छ।
प्रेस स्वतन्त्रताको रक्षा गर्दै समाचार संकलन र सम्प्रेषणको वातावरण निर्माण गर्न सरकार र सम्बद्ध निकायहरूलाई गम्भीर बन्न ध्यानाकर्षण गराउँदै, पत्रकार साहलाई बिना शर्त तुरुन्त रिहा गर्न माग गरेको छ।

साथै, पत्रकार पक्राउमा संलग्न प्रहरी अधिकारीहरूमाथि तत्काल कारबाही गर्न र यस घटनालाई गम्भीरतापूर्वक लिन सरकार र प्रहरी प्रशासनलाई आग्रह गरिएको छ।

पत्रकार महासंघले आफ्नो विज्ञप्तिमा प्रहरीको यस्तो कदमले समाजमा अश्लीलतालाई बढावा दिएको भन्दै प्रहरी प्रशासनले आफ्नो भूमिकाप्रति आत्मसमीक्षा गर्नुपर्ने बताएको छ।

press Bigyapti pradesh

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A