लहान नगर प्रमुखको विज्ञप्तिप्रति नेकपा एमालेको गम्भीर आपत्ति

  • कार्तिक ७, २०८१
  • समृद्धिपथ
alt

लहान । लहान नगर प्रमुखद्वारा हालै जारी गरिएको प्रेस विज्ञप्तिप्रति नेकपा एमाले लहानले गम्भीर आपत्ति जनाउँदै खेद व्यक्त गरेको छन्। 

नेकपा एमाले लहानका अध्यक्ष राजकुमार साहले एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले कुनै पनि योजनाको निर्माण कार्य अघि बढाउनु अघि आवश्यक डिजाइन, इष्टिमेट तथा जानकारी सार्वजनिक नगरी गैरजिम्मेवारीपूर्ण तरिकाले काम अघि बढाएको भन्दै आलोचना गरेका हुन्।

नेकपा एमाले लहानका नगर अध्यक्ष साहले खुट्टी खोलामा बनेको हेड बक्सभन्दा १.५ किलोमिटरको दूरीमा निर्माण भइरहेको अन्डरग्राउण्ड ढल/नहर कुनै पनि बेला खोलाबाट आउने बालुवाले भरिएर बन्द हुन सक्ने जोखिम रहेको बताएका छन्। यसले बजार क्षेत्र र किसान दुवैलाई गम्भीर समस्यामा पार्ने भएकोले निर्माण तत्काल रोक्न माग गरिएको छ। यद्यपि, नगर प्रमुखको विज्ञप्तिमा किसान समिति भ्रम फैलाएको भनिएकोमा उनीहरूले खेद प्रकट गरेका छन्।

उक्त विज्ञप्तिमा नेकपा एमालेले आफूहरू जिम्मेवार भएर पटक-पटक प्रेस विज्ञप्ति र ज्ञापनपत्र मार्फत जनविरोधी कामहरूको विरोध गर्दै आएको स्मरण गराउँदै, किसान र बजार दुवैको हितका लागि उपयुक्त ढल/नहरको डिजाइन तयार गरी काम अघि बढाउन आग्रह गरेको छ। साथै, उनीहरूले कुनै वार्तामा बोलाइएको जानकारी नगरिएको र वार्ताका लागि आफूहरू तयार रहेको जनाएका छन्।

विज्ञप्तिमा नगर अध्यक्षले जनहित विपरीतका कार्यहरूको सधैं विरोध गरिने र जनहितका कामहरूको समर्थनमा उभिने प्रतिबद्धता दोहोर्याएका छन्।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A