जनमत पार्टीद्वारा लहान नगरपालिकामा ज्ञापन पत्र, अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी जुलुस

  • कार्तिक ७, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । जनमत पार्टी लहानले लहान नगरपालिकामा हुने गरेको अनियमितता र भ्रष्टाचारविरुद्ध ज्ञापन पत्र बुझाउँदै खबरदारी जुलुस प्रदर्शन गरेका छन्। 

बुधबार लाहानमा पार्टीका नेता तथा कार्यकर्ताहरूले लहान नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै नगरपालिकाले अघि सारेका विभिन्न कार्यक्रमप्रति जनताको निराशा र असन्तोषलाई औंल्याउदै प्रदर्शन गरेका हुन्।

ज्ञापन पत्रमा लहान नगरपालिकाले कृषि सिँचाइका लागि प्रयोग हुँदै आएको नहरलाई व्यवस्थित गर्न र ढल व्यवस्थापनको लागि छुट्टै व्यवस्था गर्न माग गरिएको छ।

जनताले वर्षौंदेखि उपभोग गर्दै आएको खुट्टी खोलालाई तत्काल ठेक्का लगाई काम सुलभ गराउन जोड दिइएको छ। साथै, रातिको समयमा खोलाबाट अवैध उत्खनन गरी गिट्टी र बालुवा निकासी भइरहेकोप्रति पनि पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

ज्ञापन पत्रका प्रमुख मागहरूमा नगरपालिकाका ठेक्कापट्टाहरू सार्वजनिक नगरी भित्रभित्रै सेटिङमा गरिने कामको विरोध, गरिब निमुखाको जागीर खोस्ने कार्यप्रति ध्यानाकर्षण र सरसफाई कर तिरेका घरमूलिहरूसम्म प्रभावकारी सरसफाई नपुर्याइएकोप्रति गुनासो समावेश गरिएको छ। 

पार्टीले विगतमा दलित समुदायका लागि आएको घर निर्माण सामग्री वितरणमा भएको अन्यायको पनि विरोध गर्दै आउँदा दिनमा न्यायपूर्ण वितरण गर्न माग गरेको छ।

ज्ञापन पत्र बुझाएपछि पार्टीका नेता तथा कार्यकर्ताहरूले नगरपालिकाको भ्रष्टाचार र अनियमितताविरुद्ध खबरदारी जुलुस प्रदर्शन गरे। लहान नगर सचिव इन्द्र देव महतो र नगर अध्यक्ष पुजेन्द्र यादवको नेतृत्वमा गरिएको उक्त विरोध प्रदर्शनले नगरपालिकाको पारदर्शिता र जनउत्तरदायी व्यवहारप्रति प्रश्न उठाएको छ। 

जुलुसमा सहभागीहरूले "अनियमितता बन्द गर", "जनतासँग हिसाब दे" जस्ता नाराहरू लगाउँदै भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाए। जनमत पार्टीले नगरपालिकाले जनताको आवाज सुनेर तत्काल सुधारात्मक कदम चाल्न चेतावनी दिएको छ। 

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A