लहानमा विद्यार्थी नेता सन्तोष यादवमाथि हमला, २४ घण्टाभित्र कारवाहीको माग

  • कार्तिक ९, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सिराहाका सदस्य तथा विद्यार्थी नेता सन्तोष यादवमाथि भएको आक्रमणपछि स्थानीय विद्यार्थी नेताहरू आन्दोलित भएका छन्। 

लहान नगरपालिका-१९ निवासी यादवलाई यही कार्तिक ०३ गते राति आफ्नै घरमा बसिरहेको अवस्थामा केही समूहले घरेलु हतियार प्रयोग गर्दै आक्रमण गरेको घटनालाई प्रहरीले बेवास्ता गरेको भन्दै आन्दोलित भएका हुन्। 

उक्त आक्रमणबाट यादव गम्भीर घाइते भएका छन् र उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रेस विज्ञप्ति मार्फत जनाएको हो।

विद्यार्थी संघले घटनाको निन्दा गर्दै दोषीलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको छ। प्रेस विज्ञप्तिमा संघले प्रहरी प्रशासनको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गर्दै, मुद्दा दर्ता नगरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका अनुसार, लहान प्रहरीले कानूनी राज्यको उपहास गर्दै अपराधीलाई प्रश्रय दिएको उनीहरूको ठहर छ।

नेपाल विद्यार्थी संघले २४ घण्टाभित्र दोषीमाथि मुद्दा दर्ता गरी कारवाही नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ। संघका अध्यक्ष पप्पु कुमार यादवले आगामी आन्दोलनबाट हुन सक्ने सम्पूर्ण क्षतिका लागि स्थानीय प्रहरी र राज्यलाई जिम्मेवार ठहरिने जनाएका छन्। 

प्रेस विज्ञप्तिमा उक्त घटनाबारे गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग लगायतका निकायहरूलाई जानकारी गराइएको छ।

FB_IMG_1729861401731

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A