लहानको गोधुली होटलबाट ठगी आरोपमा मलेसियन नागरिक सहित ३ जना पक्राउ

  • कार्तिक १२, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । नेपाली नागरिकहरूलाई कतार पठाइदिने भन्दै ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले एक मलेसियन नागरिक सहित तीन नेपालीलाई पक्राउ गरेको छ।

शनिबार साँझ लहान नगरपालिका–४ स्थित गोधुली होटलबाट अवैध रूपमा अन्तर्वार्ता लिई रकम असुल गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूमा मलेसियन नागरिक ५१ वर्षिय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, सिरहा लहान नगरपालिका–२३ का ४२ वर्षिय रामा शंकर यादव, २५ वर्षिय राम भरत यादव र ३९ वर्षका सुर्य नारायण यादव रहेका छन्।

अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लहानमा अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन्।

यस घटनाको थप अनुसन्धान भइरहेको छ भने ठगी पीडितहरूको विवरण संकलन र घटनाका अन्य पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A