मेयर महेश चौधरीको अनैतिक र अलोकतान्त्रिक चरित्रको पराकाष्ठा: अध्यक्ष यादव

  • कार्तिक २९, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान I लहान नगरपालिकामा नहर निर्माण सम्बन्धमा उत्पन्न विवाद समाधानका लागि वार्ता र संवाद गर्नुपर्नेसम्बन्धी विषयमा लहान नगरपालिकाका मेयर महेश चौधरीको रवैया अनैतिक र अलोकतान्त्रिक भएको भन्दै माओवादी केन्द्रका लहान नगर अध्यक्ष हेमन्त कुमार यादवले कडा विरोध जनाएका छन्।

यादवले चौधरीले वार्ताका लागि आफूलाई औपचारिक पत्र नै नपठाएको आरोप लगाउँदै यो घटना मेयर चौधरीको भ्रष्ट र अलोकतान्त्रिक चरित्रको पराकाष्ठा भएको बताएका हुन्।

यादवले चौधरीलाई जनतासँग प्रत्यक्ष संवाद गर्न डराउने र लोकतान्त्रिक प्रक्रियामा नै अवरोध खडा गर्ने ‘डरछेरुवा’ नेताको संज्ञा दिएका छन्। यादवले सामाजिक सञ्जालमार्फत भनेका छन्, “अब मैले बुझिसकेको छु कि म जस्ता जनप्रतिनिधिहरूले मात्रै यस्ता भ्रष्टहरुको नाङ्गोपनलाई जनताको माझ पुर्‍याउन सक्छौं।” 

माओवादी केन्द्रका नगर अध्यक्ष यादवले लहानमा खुला नहर निर्माणको पक्षमा रहेको र यसले किसान तथा मजदूरहरूको सिंचाइ समस्यामा सहयोग पुर्‍याउने विश्वास पनि व्यक्त गरेका छन्। तर, नगरपालिकाको पक्षबाट खोलिँदै आएको ढल र नहरको विवादमा स्पष्टता नआएको र मेयरको कार्यले जनतालाई झन् अन्योलमा राखेको यादवको भनाइ छ। 

उनले ढल र नहरलाई एउटै स्थानमा नबनाएर छुट्टाछुट्टै बनाउनुपर्नेमा जोड दिँदै माओवादी केन्द्र जनताको पक्षमा दृढ रहेको बताए। मेयर चौधरीको निर्णयलाई निन्दनीय र भत्सर्नायोग्य भन्दै यादवले भने, “यो कार्यको घोर विरोध गर्दछु।

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A