नेपाल पत्रकार महासङघलाई एक गोलले जित

  • मंसिर २०, २०८१
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान समाचारदाता
लहान,मङ्सिर २० गते ।

लहान सिटि जेसिस र नेपाल पत्रकार महासङघ सिरहा शाखाले विकृति र कुलतमा लागेका युवाहरुलाई सहि बाटोमा ल्याउन खेलेको मैत्रीपुर्ण फुटवल खेलमा पत्रकारको समूह जीत हासिल गरेको छ ।

लहान नगरपालिका –१० मा रहेको खेल मैदानमा बुधबार विहान सम्पन्न खेलमा नेपाल पत्रकार महासङघ सिरहाका समूहले दुई गोलको विरुद्ध तीन गोल गरेर जित निकालेको हो ।

नेपाल पत्रकार महासङघ तर्फबाट पत्रकारहरु लालविहारी यादव,विरेन्द्र विरु यादव र अनुभक्त चौधरीले एक एक गोल गरेर जीत हासिल गरेको थियो । लहान सिटी जेसिसको तर्फबाट शम्भु चौधरी र नित्यानन्द साहले एक एक गोल गरेर जवाफी प्रहार गरेको थियो ।

मैत्रीपुर्ण खेलको माध्यमबाट लागु औषध दुव्यर्सनीमा लागेका युवाहरुलाई सहि बाटोमा ल्याउन खेलकुुद आवश्यक माध्यम भएकोले यो खेल खेलिएको नेपाल पत्रकार महासङघ सिरहाका अध्यक्ष मनोज कुमार बनैता र लहान सिटि जेसिसका अध्यक्ष उमेश कुमार यादवले बताउनुभयो । उहँहरुले संयुक्त रुपमा खेलको उदघाट्न गर्दै यसको साकारात्मक सन्देस प्रभाव दिन मैत्रीपुर्ण खेल खेलिएको भन्दै लहान सिटि जेसिस र नेपाल पत्रकार महासङघ मिलेर जन चेतना जगाउने अन्य कार्यक्रमहरु समेत गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यता लहान नगरपालिकाले लहानका २४ वटा वडाका ५० जना युवाहरुलाई फुटवल खेलको अभ्यास थालेर फगुनमा तेस्रो मेयर गोल्डकपको लागि समेत तयारी भइरहेको फुटवल खेल प्रशिक्षक श्याम कुमार सिंहले जानकारी दिनुभयो । लहान सिटी जेसिसले थालेको सप्ता व्यापी विविध कार्यक्रम अन्तर्गत मैत्रीपुर्ण खेलकुद प्रतियोगिा गरेर राम्रो सन्देस दिएकोमा लहान नगरपालिकाका तर्फबाट नगरप्रमुख महेश प्रसाद चौधरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 

एमबिबिएस र बिएससि नर ...

  जीवछ उदासी  लहान,पुस १४ गते  लहान न ...

जिल्ला उद्योग वाणिज् ...

फिरोज सिद्दिकी  लहान, पौष २ गते । जिल्ला उद्योग व ...

सड्यन्त्रकारी र असक् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

प्रत्यक्षतर्फ जसपा न ...

  जीवछ उदासी  लहान,पुस १ गते  सिरहा क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A