नागरिक लगानीकोष जम्मा नहुँदा सेवानिवृत शिक्षक यादव समस्यामा

  • मंसिर २१, २०८१
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान मङ्सिर २१ गते ।


लहान नगरपालिका वडा नम्बर –२३ मा रहेको श्री जनता आधारभूत विद्यालय बथनाहाबाट मङ्सिर ३ गते शिक्षक सिकन्दर यादव सेवा समस्यामा पर्नु भएको छ ।

श्री जनता आधारभुत विद्यालय बथनाहाबाट सेवा निवृत भएपछि सञ्चयकोष र नागरिक लगानी कोषको रकमबारे बिराटनगर र जनकपुर गएर बुझ्दा सात वर्षको रकम त्यस विद्यालयका तत्कालिन प्रधानाध्यापक मागैन यादवले रकम जम्मा नगरिदिएको उहाँले सुनाउनुभयो । सेवा निवृत शिक्षक यादवका अनुसार तत्कालिन प्रअ मागैन यादवले २०६५ सालदेखि २०७२ सालसम्म सम्मको २८ महिनाको नागरिक लगानी कोषको रकम र सञ्चयकोषको रकम जम्मा नभएको तथ्य फेला परेको छ ।

२०७२ सालमै प्रअ मागैन यादव श्री जनता आधारभुत विद्यालय बथनाहाबाट सरुवा भएर हाल सखुवानन्कारकटि गाउँपालिका स्थित श्री जनता आधारभुत विद्यालय बेतहा जगतपुरमा सरुवा भएर जानुभयो । श्री जनता आधारभुत विद्यालय बेतहा जगतपुरबाट सरुवाभई श्रीप्रसाद यादव श्री आधारभुत विद्यालय लहान–२३ बथनाहा सरुवा भइ आउने अवधिको रकम जम्मा भएको छैन । पीडित शिक्षक यादवका अनुसार २०७५ साल फागुन १० गते सेवानिवृत हुने समयमा सञ्चयकोष र नागरिक लगानीकोष जम्मा नगरेको थाहा पाएपछि शिक्षा विकास तथा समन्वय इकाइ सिरहामा निवेदन दिएपछि तत्कालिन इकाइ प्रमुख दोलराज पाण्डेले श्री जनता आधारभुत विद्यालय बथनाहा लहान–२३ मा प्रधानाध्यापक रहनु भएको मागैन यादवले सञ्चयकोष र नागरिक लगानीकोष जम्मा नगरेकोले रमक दाखिल गराई मात्रै बरबुझारथ गरी मात्रै सेवा निवृतको लागि आवश्यक कागजपत्र दिन हुन सखुवा नन्कारकटि गाँउपालिका शिक्षा शाखा र श्री जनता आधारभुत विद्यालय बेतहा जगतपुरलाई पत्र काटिएको थियो ।

तत्कालिन प्रअ मागैन यादवले तलवसँगै सञ्चयकोष र नागरिक लगानीकोष समेत जम्मा गरिदिएको बताउँदै अइरहनु भएको पीडित शिक्षक यादवले भन्दै जम्मा गरेको भौचर प्रमाण माग्दा हरायो भन्दै हप्काउने गरिरहहेको बताउनुभयो ।
यता लहान नगरपालिका शिक्षा शाखाले त्यतिवेला नगरपालिका अन्तर्गत शिक्षा शाखा नरहेको र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ सिरहाबाट पत्राचार समेत भएकोले यसबारे केहि गर्न नसक्ने बताएको छ ।

शिक्षकको सञ्चयकोष र नागरिक लगानीकोष प्रअले जम्मा नगरेर ठूलो समस्या खडा गरेकोले यस्तो कार्य गर्ने प्रअले सञ्चयकोष र नागरिक लगानी कोषको रकम तलवसँगै खुवाएको हो भने प्रमाण देखाउनुपर्ने त्यस्तो देखाउन नसके कानुनी कार्वाही हुनुपर्ने नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रमोद कुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रअ मागैन यादव सखुवानन्कारकटि –२ बेतहा जगतपुरबाट सेवा निवृत हुने बेलामा सखुवानन्कारकटि शिक्षा शाखाले कसरी मागैन यादवको आवश्यक कागजात उपलब्ध गराएर सेवा निवृत गराएको हो यसबारे छानविन हुन आवश्यक छ ।’

 

प्रेस चौतारी नेपाल, ...

फिरोज सिद्दिकी  सिराहा । प्रेस चौतारी नेपाल, सिरा ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी  सिरहा, २४ माघ । प्रेस चौतारी नेपा ...

सखुवानन्कारकट्टीमा क ...

फिरोज सिद्दिकी  लहान। सिराहाको सखुवानन्कारकट्टी ग ...

लहान नगर प्रमुखको दम ...

फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका प्रमुख मह ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A