संगठित अपराधमा संलग्न फरार भारतीय नागरिक पक्राउ

  • पुस १, २०८१
  • समृद्धिपथ
alt

  • फिरोज सिद्दिकी 

सिरहा । नेपालका विभिन्न जिल्लामा डाका र संगठित अपराधमा संलग्न भनी फरार घोषित भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसेनलाई सिरहा प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायब उपरीक्षक बिरेन्द्र कुमार पासवानको कमाण्डमा खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका १७ माडरस्थित नेपाल–भारत सीमा क्षेत्र (दसगजा) नजिक घाइते अवस्थामा रहेका आरिफलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, आरिफको हात, खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा फेला परेपछि उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको थियो। उपचारपश्चात उनलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी प्रारम्भिक सोधपुछ गरियो।

आरिफ खान विभिन्न गम्भीर आपराधिक घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ। ती घटनामा प्रमुख रूपमा निम्न घटना समावेश छन्:

१. एनएमबी बैंक लुटपाट (महोत्तरी):

२०८० साल जेठ १६ गते महोत्तरी गाउँपालिका-२ मा रहेको एनएमबी बैंकमा ४/५ जनाको हतियारधारी समूहले कर्मचारी र सेवाग्राहीलाई नियन्त्रणमा राखी ३८ लाख रुपैयाँ नगद र बैंक कर्मचारीको मोबाइल लुटपाट गरेका थिए। यस घटनामा आरिफको संलग्नता रहेको बैंकका प्रबन्धक मलिका ठाकुरको जाहेरीले पुष्टि गरेको छ।

२. ग्लोबल आईएमई बैंक रकम लुटपाट (सिरहा):

२०७९ फागुन १० गते सिरहाको मिर्चैया नगरपालिका-६ स्थित ग्लोबल आईएमई बैंकबाट ९ लाख रुपैयाँ लिएर जाँदै गरेका सहायक लेखापाल उपेन्द्र साहलाई बताहा पुलमा ४ जनाको समूहले कुटपिट गर्दै रकम लुटेर फरार भएको थियो। यस घटनामा पनि आरिफको संलग्नता देखिएको छ।

३. भारतमा अपराध:

भारतको बिहार राज्य, मधुबनी जिल्लामा हातहतियार, लुटपाट लगायतका मुद्दामा आरिफको नाममा मुद्धा दर्ता रहेको छ। भारतीय प्रहरीले उनलाई पक्राउ गर्न २५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेको छ।

हाल आरिफलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैया पठाइएको छ। प्रहरीका अनुसार, आरिफको अपराधसम्बन्धी विस्तृत अनुसन्धान र थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रेस चौतारी नेपाल, ...

फिरोज सिद्दिकी  सिराहा । प्रेस चौतारी नेपाल, सिरा ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी  सिरहा, २४ माघ । प्रेस चौतारी नेपा ...

सखुवानन्कारकट्टीमा क ...

फिरोज सिद्दिकी  लहान। सिराहाको सखुवानन्कारकट्टी ग ...

लहान नगर प्रमुखको दम ...

फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका प्रमुख मह ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A