जीवछ उदासी
नेपाल पत्रकार महासंघको चुनाव सकियो । २७ औ महाधिवेशनले जिल्ला शाखा प्रदेश र केन्द्रको चुनाव सकेर पत्रकारिता क्षेत्रले गति लिइने विश्वास लिएको छ । पटक पटक स्थगित भएको महासंघको चुनाव मंसिर २६ गते सम्पन्न गराउने केन्द्रिय महासंघलाई धन्यवाद भन्नैपर्छ । सिरहा शाखाको साँख कसरी बढाउने विषय सबै पत्रकारको जहनमा छ । पत्रकार भनेको प बाट समाजको पहरेदारी,त्र भनेको त्रसित हुनु हुँदैन,का बाट काममा विश्वास गर्नुपर्छ र र बाट रहस्य पता लगाउनुपर्छ भने अर्थमा बुझ्नु न्याय संगत हुनेछ ।
केन्द्र प्रदेशको पत्रकारिताको प्रभाव जिल्ला शाखामा पर्नु स्वभाविकै मानिन्छ । यदपि सिरहाको पत्रकारिताले कहि न कहि पछि त परेको होइन । भौतिक विकास र सिप विकासको लागि केहि गर्नैपर्ने आवश्यक्ता बोध भएको छ । सिरहा शाखाको परिणाम हेर्दा केहि पत्रकारको मुठिमा रहेको गोजीमा अटाएको शक्ति केहि विकेन्द्रीत भएकै हो । यसलाई परिवर्तनको लागि सुरुवातको चरण नै मान्नुपर्छ ।
सोमबार वितरण गरिएको प्रमाणपत्र वितरण कार्यक्रममा देखिएको एकता उ सौहाद्रताले सिरहाको पत्रकारिताको गति दिइनैपर्ने देखिन्छ । सिरहाको पत्रकारितालाई उचाइमा पुरयाउन वरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ताले भन्नुभयो,'आवाज विहिनहरुको आवाज उठाउन पत्रकारिता सङगठित प्रयासमा लाग्न जरुरी छ । चुनाव एउटा नेतृत्व चयन गर्ने प्रक्रिया हो । यल चरण सकिएको छ । अब सबैले काँधमा काँध मिलाएर अघि बढ्न जरुरी छ । पत्रकार भएर स्थानीय सरकारको प्रवक्ता भएर काम गर्ने होइन,जनताको सहि आवाज उठाउन जरुरी छ । पत्रकारितामा देखिएको भक्तिगान उचित होइन ।'
सिरहा शाखाका अध्यक्ष मनोज कुमार बनैताले दोस्रो कार्यकाल सिरहा शाखालाई व्यवस्थित बनाउन शाखाको भवन र तालिमलाई निरन्तरता दिएर स्तरीय पत्रकारिताको माहोल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँको यस प्रतिवद्धताले के प्रष्ट देखियो भने सिरहाको पत्रकारितालाई सहि दिशा र दृष्टिकोण दिन जरुरी छ । उहाँमा भएको महसुसीकरण सकारात्मक पक्ष नै हो ।
केहि सक्रिय पत्रकारहरु जो सदस्यताबाट बञ्चित छन् । तिनिहरुको सदस्यता प्रदान गर्नपनि जरुरी छ । विभेद गरेर दलीय दर्शनमा विभाजित भएर यो क्षेत्रको ओज बढ्ने छैन् । सिरहा जिल्ला मधेश प्रदेशको मात्रै होइन,परिवर्तनको आन्दोलनमा सधै अग्रमोर्चामा रहने यो जिल्लाको गौरवशाली इतिहास भएपनि यतिबेला किन हरेक क्षेत्रमा पछि परिरहेको छ । २०३६ सालको जनमत संग्रहमा ९० लाख मत प्रजातन्त्रको पक्षमा दिइने पहिलो प्रथम जिल्ला सिरहा जिल्ला । माओवादीले थालेको संघर्षमा १२३ जना सहादत प्राप्त गरेको सिरहा जिल्ला मधेश आन्दोलनमा ६ जना सहादत गरेको सिरहा जिल्ला,पत्रकारिताको इतिहासमा प्रशिक्षक पत्रकारद्वय राम रिझन यादव र विजय मिश्रा जस्ता हस्ती पत्रकार उत्पादन गर्ने सिरहा जिल्लाको गौरवगर्ने लायकको इतिहास छ ।
यस चुनावमा चुनावी प्रतिवद्धता कुनै समुहले व्यक्त नगरी जातीय नारा व्यक्तिगत सम्बन्ध र राजनीतिक दलको भरमा खर्चेको बुताले कतै न कतै विकृतिबा मुक्त हुन सकेन । उपाध्यक्षको उम्मेदबार जीवछ यादव उदासी बाहेक कसैसँग चुनावी प्रतिवद्धता थिएन । उहाँको १२ बुँदे प्रतिवद्धतालाई मतदाताले ध्यानमा राख्न नसक्नुले सिरहाको पत्रकारितामा निखार ल्याउन जरुरी देखिन्छ । सिरहा जिल्लामा ७ लाखभन्दा बढी जनसंख्या छ । जनसंख्याको ०.५० प्रतिशत पत्रकार उत्पादन गर्ने हो भने ३५० भन्दा सदस्य हुनुपर्ने हो । तर ८० जना पत्रकार मात्रै छ । त्यो पनि गोजीको पत्रकार छन् । अब नयाँ नेतृत्वले फराकिलो भएर सदस्यता विस्तारमा ध्यान दिन आवश्यक छ । पत्रकार उदासीले अघि सारेका १२ बुँदेलाई नव निर्वाचित समितिले ग्रहण गर्न जरुरी छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A