जीवछ उदासी
लहान,पुस १३ गते ।
समानुपातिक सङघीय सांसद गङगा प्रसाद यादव संसद नचेलेको बेला खेतिपातीको काममा व्यस्त रहँदै किसानको समस्या खेतमै सुन्ने गरिरहनु भएको छ । किसानको छवि रहेको नेता यादव संसद नचलेको समयमा उहाँ गाउँ आएको बेला खेतिपातीको काममा लागेर नियमित श्रम गर्ने कार्यलाई निरन्तरता दिइ रहनु भएको छ ।
२०४३ सालमा जनपक्षीय उम्मेदबार भएर उप्रधानपञ्चबाट राजनीति सुरु गर्नु भएको सांसद यादव २०५४ सालमा बस्तीपुर गाँउपालिका अध्यक्ष र २०७४ सालमा नेपाली काँग्रेसका बौद्धिक नेता प्रदिप गिरीसँग नेकपा एमालेको उम्मेदबार भएर थोरै मतले पराजित हुनु भएको सांसद यादव अहिले समानुपातिक सङघीय सांसद भएपनि आफै खेतिपाती गरेर राजनीतिमा जुनसुकै पदमा गएपनि समय छुटयाएर श्रम गर्ने अभ्यास छोडनु हुन्न भने उहाँले सन्देस दिन जनताको अधिकांश समस्या खेतवारीमा काम गर्दै सुन्ने गरिरहनु भएको छ ।
आफूलाई कम्युनिष्ट भन्ने तर श्रम गर्नबाट डराउने यो पटककै मेल नखाने उहाँको भनाइ छ । नेता यादव भन्नुहुन्छ,‘नेपाल कम्युनिष्टहरुको उर्वरभूमि भएपनि कम्युनिष्ट पार्टीको नीति विचार सिद्यान्तलाई व्यवहारमा नढाल्ने अरु बुर्जुवा पार्टीका नेता कार्यकर्ताहरु जस्तै सता र सरकारलाई व्यक्तिगत मौजमसतीसँग जोड्नु दुर्भाग्य हो । मधेश देशकै अन्न भण्डार रहेकोले उत्पादनमा ध्यान दिनुपर्ने उहाँले भन्दै यसको लागि नेकपा एमालेको जिलला इन्चार्ज र केनिद्रय सदस्यको हैसियतले पनि निरन्तर उठाउँदै आइरहेको उहाँको भनाइ छ ।
कृषक रामचन्द्र यादव आफनो करोडौको जमीन र घर कृषि विकास बैंक लहान शाखाले लिलामी गरिसकेको पीडा सुनाउन सांसद यादवको घर लहान –१३ सरस्वती पुग्नुहुन्छ । उहाँको घर पुगेपछि सांसद ज्यू कहाँ हुनुहुन्छ भने उहाँको छोरालाई सोध्दा बुबा गहुँको सिँचाई गर्न नजिकै डण्डामा हुनुहुन्छ सुनउँछ । पीडित कृषक रामचन्द्र यादवसँगै आएका चारजनाको समूह सांसद गहुँ सिँचाई गरिरहेको खेतमै पुग्दा उहाँ विद्युत मोटरबाट गहुँमा सिँचाइ गरिरहेकै अवस्थामा भेट हुन्छ । यस्तो संयोग पहिलो पटक होइन,खेतिपातीको काम चलिरहेको समयमा उहाँसँगको भेट प्राय खेतबारीमा नै हुनेगर्दछ । उहाँलाई किसानको नेता भनेर नै त्यस भेगमा चिनिन्नछ ।
तपाई जनताको सांसद कुनै कामले तपाईको घर पुग्ने जलनतासँग खेतमै भेट्ने कार्य गर्नुहुन्छ । अरु सांसदहरु सहरी क्षेत्रमा बसेर समय बिताउने तपाई खेतमै किसान भएर काम गरिहनुहुन्छ भने जिज्ञासामा सांसद यादव भन्नुहुन्छ,‘अरु सांसद र मेरो कार्यशैलीमा यहि फरक छ । म २०४२ सालदेखि राजनीतिमा लाग्दा राजनीति र खेतिपातीको कामलाई नि।रन्तरता दिँदै नेकपा एमालेको केन्द्रिय सदस्य,सिरहा इन्चार्ज र संघीय सांसदको जिम्मेबारीमा छु । म किसानको समस्या पनि सुन्ने र खेतिपातीको अनुभव पनि बाँडने काम गरिरहेकोले अधिकांश किसानहरु खेतिपातीको विषयमा आफ्नो समस्याको विषय लिएर आउँदा म खेतमै कुनै काम गरिरहेको भेट्ने गरेको छु । खेतिपातीको समय र राजनीति गतिविधि गर्ने समय छुटयाएर श्रमगर्ने बानीलाई निरन्तरता दिँदै आइरहेको छु ।’
लहानको मुख्य चोकमा रहेको सावाँ सातधुर घडेरीमा रहेको बाह्र कोठे भवन ४५ लाखमै कुनै सूचना नदिई कृषि विकास बैंक लहान शाखाले लिलामी गरिदिँद अन्यायमा परेको समस्या सुनेपछि सांसद यादव भन्नुहुन्छ,‘किसानको समस्या अहिलेपनि विकराल छ । न मलखाद्य समयमा पाउँछ । न सिँचाइको भरपर्दो सुविधा छ । कृषि विकास बैंकले सोझा किसानलाई दुख दिइने नीयतले नै रामचन्द्र यादवको घर घडेरी लिलामी गरिएको हो । ४५ महिनामा तीस लाख रिनको १९ लाख तिरेको देखिन्छ । मङ्सिर १८ गते समेत किस्ता तिरेको घरघडेरी पुस १ गते बिना सूचना लिलामी गर्नु सरासर अन्याय हो । यो विषय सदनमा पनि उठाउनेछु ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A