बेलायती राजदूत रब फेनको २२औं वैवाहिक वर्षगाँठ, मिथिला परम्परा अनुसार मनाए

  • पुस १४, २०८१
  • समृद्धिपथ
alt

जनकपुरधाम । नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले जनकपुरधाममा हिन्दू परम्पराअनुसार २२औं वैवाहिक वर्षगाँठ विशेष रूपमा मनाएका छन्। त्रेतायुगमा भगवान राम र माता सीताले जनकपुरमै विवाह गरेको ऐतिहासिक महत्व बोकेको यस पवित्र भूमिमा वर्षगाँठ मनाउन पाउँदा दम्पती अत्यन्तै हर्षित देखिए।

फेन दम्पतीले मिथिलामा विवाहको स्वयंवरका बेला बेहुला र बेहुलीले पहिरिने पारम्परिक भेषमा सजिएर समारोह मनाए। राजदूत रब फेनले बेहुलाका लागि विशेष फूलको वरमाला र मौर पाग लगाएका थिए भने उनकी धर्मपत्नी जुलिया फेनले मिथिलामा दुलहीका लागि सौभाग्य सूचक रातो सारी र चुनरी पहिरिएकी थिइन्।

जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखी फेन दम्पतीले नवदुलाहा-दुलही झैँ परम्परागत रीतिले आफ्नो लगनगाँठो बलियो बनाएका थिए। उनीहरूले जानकी मन्दिरमा पूजाआजा गर्दै माता जानकी र भगवान रामप्रति श्रद्धा प्रकट गरे। सो अवसरमा राजदूत रब फेनले आफ्नी धर्मपत्नीलाई विशेष अँगूठी पहिराउँदै प्रेम र समर्पण व्यक्त गरे।

फेन दम्पतीले माता जानकीको जन्मभूमि, मिथिला क्षेत्रको परम्परागत भेषभूषा, भाषा, संस्कृति तथा रीतिरिवाज संसारकै उत्कृष्ट र रमणीय भएको बताए। "जनकपुरको सांस्कृतिक धरोहर र यहाँका परम्परागत विधिहरूले हाम्रो वर्षगाँठलाई अविस्मरणीय बनाएको छ," फेनले भने।

जानकी मन्दिरमा पूजापछि राजदूत दम्पतीले जनकपुरको सांस्कृतिक धरोहर र मिथिला कला, संस्कृति, र परम्पराको प्रशंसा गरे। उनीहरूले स्थानीय समुदायसँग घुलमिल भएर मिथिलाको खानपान र संस्कृतिको अनुभव लिएको पनि उल्लेख गरे।

राजदूत फेनले आफ्नो अनुभवलाई सेयर गर्दै भने, "जनकपुरधाममा हाम्रो वैवाहिक वर्षगाँठ मनाउनु हाम्रो लागि अत्यन्तै विशेष रह्यो। यहाँको आतिथ्य र सांस्कृतिक विविधताले हामीलाई प्रभावित गर्‍यो।"

सो अवसरमा जानकी मन्दिरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका सदस्यहरूले उनीहरूलाई माला र प्रसादद्वारा स्वागत गरे। राजदूत र उनकी धर्मपत्नीले जनकपुरधामको ऐतिहासिक महत्त्व र यहाँका मानिसहरूको आतिथ्यको उच्च प्रशंसा गरे। यो अवसरले जनकपुरधामको अन्तर्राष्ट्रिय पहिचानलाई थप उजागर गरेको छ।

फेन दम्पतीको यो सांस्कृतिक सहभागिताले मिथिला क्षेत्रको परम्परा र सौन्दर्यलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A