बेलायती राजदूत रब फेनको २२औं वैवाहिक वर्षगाँठ, मिथिला परम्परा अनुसार मनाए

  • पुस १४, २०८१
  • समृद्धिपथ
alt

जनकपुरधाम । नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले जनकपुरधाममा हिन्दू परम्पराअनुसार २२औं वैवाहिक वर्षगाँठ विशेष रूपमा मनाएका छन्। त्रेतायुगमा भगवान राम र माता सीताले जनकपुरमै विवाह गरेको ऐतिहासिक महत्व बोकेको यस पवित्र भूमिमा वर्षगाँठ मनाउन पाउँदा दम्पती अत्यन्तै हर्षित देखिए।

फेन दम्पतीले मिथिलामा विवाहको स्वयंवरका बेला बेहुला र बेहुलीले पहिरिने पारम्परिक भेषमा सजिएर समारोह मनाए। राजदूत रब फेनले बेहुलाका लागि विशेष फूलको वरमाला र मौर पाग लगाएका थिए भने उनकी धर्मपत्नी जुलिया फेनले मिथिलामा दुलहीका लागि सौभाग्य सूचक रातो सारी र चुनरी पहिरिएकी थिइन्।

जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखी फेन दम्पतीले नवदुलाहा-दुलही झैँ परम्परागत रीतिले आफ्नो लगनगाँठो बलियो बनाएका थिए। उनीहरूले जानकी मन्दिरमा पूजाआजा गर्दै माता जानकी र भगवान रामप्रति श्रद्धा प्रकट गरे। सो अवसरमा राजदूत रब फेनले आफ्नी धर्मपत्नीलाई विशेष अँगूठी पहिराउँदै प्रेम र समर्पण व्यक्त गरे।

फेन दम्पतीले माता जानकीको जन्मभूमि, मिथिला क्षेत्रको परम्परागत भेषभूषा, भाषा, संस्कृति तथा रीतिरिवाज संसारकै उत्कृष्ट र रमणीय भएको बताए। "जनकपुरको सांस्कृतिक धरोहर र यहाँका परम्परागत विधिहरूले हाम्रो वर्षगाँठलाई अविस्मरणीय बनाएको छ," फेनले भने।

जानकी मन्दिरमा पूजापछि राजदूत दम्पतीले जनकपुरको सांस्कृतिक धरोहर र मिथिला कला, संस्कृति, र परम्पराको प्रशंसा गरे। उनीहरूले स्थानीय समुदायसँग घुलमिल भएर मिथिलाको खानपान र संस्कृतिको अनुभव लिएको पनि उल्लेख गरे।

राजदूत फेनले आफ्नो अनुभवलाई सेयर गर्दै भने, "जनकपुरधाममा हाम्रो वैवाहिक वर्षगाँठ मनाउनु हाम्रो लागि अत्यन्तै विशेष रह्यो। यहाँको आतिथ्य र सांस्कृतिक विविधताले हामीलाई प्रभावित गर्‍यो।"

सो अवसरमा जानकी मन्दिरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका सदस्यहरूले उनीहरूलाई माला र प्रसादद्वारा स्वागत गरे। राजदूत र उनकी धर्मपत्नीले जनकपुरधामको ऐतिहासिक महत्त्व र यहाँका मानिसहरूको आतिथ्यको उच्च प्रशंसा गरे। यो अवसरले जनकपुरधामको अन्तर्राष्ट्रिय पहिचानलाई थप उजागर गरेको छ।

फेन दम्पतीको यो सांस्कृतिक सहभागिताले मिथिला क्षेत्रको परम्परा र सौन्दर्यलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

गुठी र बिटौरी जग्गा ...

लहान । सिराहामा गुठी तथा बिटौरी जग्गा फुकुवा प्रक्रिया ...

चाडपर्व लक्षित ट्राफ ...

फिरोज सिद्दिकी  लहान, ६ कात्तिक। जिल्ला ट्राफिक प ...

लहान नगरपालिका–७ को ...

लहान, सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ को नवन ...

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A