लहान नगरपालिकाको १५औं नगरसभा विवादमा, प्रमुख दलहरूको आलोचना

  • पुस १९, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान। लहान नगरपालिकाको १५औं नगरसभा विवादित बनेको छ। नगरसभाको उद्घाटन कार्यक्रमलाई नेपाली कांग्रेसको झल्को दिने गरी संचालन गरिएको भन्दै अन्य राजनीतिक दलहरूले घोर आपत्ति जनाएको हो।

नगरसभामा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथि रहेको र सिरहाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो। तर, सभाहल र बाटोहरू नेपाली कांग्रेसको झन्डाले सजाइएको र कार्यक्रमलाई पार्टीको बैठकजस्तो बनाइएको भन्दै नेकपा एमाले र माओवादी केन्द्रका नगर अध्यक्षहरूले आपत्ति जनाएका छन्।  

नेकपा एमालेका नगर अध्यक्ष राजकुमार साहले अन्य दलका नगर अध्यक्षहरूलाई आफ्नो धारणा राख्न नदिइएको र नगरसभालाई कांग्रेसको एकल पक्षीय कार्यक्रमजस्तो बनाइएको प्रति कडा आपत्ति जनाएका छन्। उनले यसलाई 'लोकतान्त्रिक मूल्य मान्यता विपरीतको कदम' भन्दै जनघाती निर्णय नगर्न नगरपालिकालाई सचेत गराएका छन्।  

त्यसैगरी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष हेमन्त यादवले पनि कार्यक्रममा मेयरले अधिनायकवादी, अनैतिक र अलोकतान्त्रिक व्यवहार प्रदर्शन गरेको आरोप लगाउँदै निन्दा गरेका छन्। उनले यस्तो कार्य लोकतान्त्रिक संविधानको मर्म विपरीत भएको बताएका छन्।  

 

नेपाल उद्यमी व्यवसाय ...

२ असार, लहान । नेपाल उद्यमी व्यवसायी कल्याण संघ, लहान, ...

मधेश प्रदेशको ४६ अर् ...

१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८ ...

लहानका उप–प्रमुख महत ...

फिरोज सिद्दिकी १ असार, लहान । लहान नगरपालिकाका उप&ndas ...

नेपाल पत्रकार महासंघ ...

जनकपुरधाम, जेठ ३० । नेपाल पत्रकार महासंघ मधेश प्रदेश का ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A