जीवछ उदासी
लहान,पुस २३ गते ।
लायन्स क्लब अफ फूलवारीको आयोजनामा दिपमाला र चन्दन गुप्ताको पुत्र नयनराज गुप्ताको जन्मोत्सवको अवसरमा लहान -२३ गढा स्थित श्री सरस्वती आधारभुत विद्यालयका विधार्थीहरुलाई शैक्षिक सामग्रीको रुपमा झोला वितरण गरिएको छ ।
विहान नौ बजेतिर लायन्स क्लब अफ फुलवारीका कार्य समितिका पदाधिकारी सदस्य र क्लवक चार्टर प्रेसिडेन्ट राकेश कुमार झा पुर्व वडाध्यक्ष कन्हैया प्रसाद गुप्ता वर्तमान वडाध्यक्ष बद्री नारायण यादव विद्यालयका प्रअ महेन्द्र प्रसाद यादव लगायत स्थानीहरुको उपस्थितिमा वृक्षा रोपण र शैक्षिक सामग्री सहित झोला वितरण गरिएको क्लवको अध्यक्ष शङकर प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
कार्यक्रममा वडाध्यक्ष बद्री नारायण यादव र विद्यालयका प्रअ महेन्द्र प्रसाद यादवले पुर्व वडाध्यक्ष कन्हैया प्रसाद गुप्ताले नाती नयनराज गुप्ताको जन्म दिन शैक्षिक र सामाजिक कार्य गरेर सन्दरसमुलक कार्यको सुरुवात गर्नु भएको प्रशंसा गर्नुभयो ।
लायन्स क्लब अफ फुलवारीले वातावरण मैत्री सरसफाई स्वास्थ्य र शिक्षामा कार्य गरेर सामाजिक र मानवीय हितको काममा गदाहरणीय कार्य गरेकोमा गौरव र आत्म सन्तुष्टि भएको चार्टर प्रेसिडेन्ट राकेश झाले बताउनुभयो
।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A