‘प्रशासनिक कार्यको लागि समय र समर्पण आवश्यक हुन्छ’

  • पुस २४, २०८१
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान,पुस २४ गते ।


लहान नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले कार्यालय प्रमुखले कार्यालयमा दिइने समय र समर्पणको भावले काम गर्दा कार्यले गति लिइने कुरा बताउनु भएको छ ।

प्रशासकीय प्रमुख झाले आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो । आफू लहान नगरपालिकामा २०८१ बैशाख २५ गते आएपछि कार्यालयमा दिएको समय र समर्पणले कामले गति लिइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘यस नगरपालिकामा विगत वर्षहरुको बेरुजु रकम करिव एक अर्वभन्दा बढी रहेको थियो । समपरीक्षण नभएको रकमहरुलाई लेखापरीक्षणका कार्यहरु अघि बढेको छ । आठ महिनामा १५ करोड अनलाइन समपरीक्षण भएको छ । कार्यालय प्रमुखको नाताले सबै कर्मचारीहरुलाई काम गर्ने पद्धतिसँग जोडेर कामलाई गति दिइने काम भइरहेको छ । सबै काम कार्यालय प्रमुखले गर्ने होइन, आफू मातहतको कर्मचारीहरुलाई जिम्मेबार बनाउने हो । त्यो काम यस नगरपालिकामा अघि बढिरहेको छ ।’

सैद्यान्ततिमक वेरुजु,पेश्की वेरुजु,असुल उपर वेरुजु,नियमित वेरुजु मध्ये यस नगरपालिकामा सैद्यान्तिक तथा सुझात्मक बेरुजु मात्रै बढी देखिएकोले बेरुजु हुने कार्यलाई कम गर्दै लैजाने योजनामा आफू लागि परेको प्रमुश प्रशासकीय अधिकृत झाले बताउनुभयो । उहाँले थप्नुभयो,‘पारदर्शी र जनसहभागिताको नीतिलाई अबलम्बन गराउन लागि परेका छौं । विकास साकारात्मक सोचले हुने गरेकोले नगरपालिकाबाट हुने कार्यलाई साकारात्मक रुपमा लिइदिन र आवश्यक सुझाव सललाहको लागि नगरपालिकासँग सम्न्वय भइरहनुपर्ने आवश्यक छ ।’

लहान नगरपालिकाको कर्मचारीहरुलाई समयको पालना र समर्पणको भावराखेर काम गर्न उच्च मनोवल बनाइ राख्नपनि कार्यालय प्रमुखले ध्यान दिइनुपर्ने तथ्यलाई बुझेर आफू काम गरिरहेको उहाँले प्रष्टयाउनुभयो ।

 

प्रेस चौतारी नेपाल, ...

फिरोज सिद्दिकी  सिराहा । प्रेस चौतारी नेपाल, सिरा ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी  सिरहा, २४ माघ । प्रेस चौतारी नेपा ...

सखुवानन्कारकट्टीमा क ...

फिरोज सिद्दिकी  लहान। सिराहाको सखुवानन्कारकट्टी ग ...

लहान नगर प्रमुखको दम ...

फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका प्रमुख मह ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A