जीवछ उदासी
नेपाल कृषि प्रधान देश भनिन्छ । ६० प्रतिशतभन्दा माथिको नेपाली जनता कृषिमा आश्रित छ । किसानको अवस्थामा सुधार नभएसम्म देशको मुहार फेरिने छैन् । मधेशको समृद्धि हुन सक्दैन । किसानले गरि दिएको उत्पादनबाट नै सबैको आहार पुगेको छ । तर किसानको जीवनमा परिवर्तनको कुनै निखार देखिएको छैन् । किसान सोझा प्राणीको रुपमा गनिएको कारण पनि यस्तो भइरहेको तथ्य बाहिर घटनाक्रमले पुष्टि गरिरहेको छ । सर्लाहीको किसानले गरिरहेको किसानको उखु आन्दोलन विभिन्न काल खण्डमा भएको निर्णायक र छिटपुट आन्दोलनले निष्कर्षमा नपुग्दा किसानको जीवनमा कुनै परिवर्तन नआएको हो ।
लहान नगरपालिका -२ का कृषक रामचन्द्र यादवको जग्गा लिलामी भएको घट्ना एउटा प्रतिनिधिमुलक मात्रै हो । रामचन्द्र यादव जस्तो पीडा कति किसानले भोगि सक्यो तर घटनाहरु बाहिर नआएको हो । कृषि विकास बैंक केको लागि स्थापना भएको हो । किसानको जीवनमा परिवर्तन ल्याउनको लागि तर त्यस्तो हुन सकेको छैन् । मधेसका किसानहरुले कृषि प्रयोजनको लागि कति रिन लिएको हो ? व्यापारीहरु कृषि कार्य भनेर कति रिन लिएको हो ? मधेसमा देखिएको मिटर ब्याजमा लगानी गर्न कति रिन लिएको हो ? यो तथ्याङक सार्वजानिक हुन जरुरी छ । लहानमा रहेको कृषि विकास बैंकका कर्मचारीहरु मोटाएका छन् । गगनचुम्बी घर र सहरी क्षेत्र र ग्रामीण क्षेत्रमा विगहा को विगहा जमीन खरिद गरेको छ । बैंकको अधिकांस रकम बैंकका हाकिमहरुले आफ्नो नीजि जीवनमा प्रयोग गरेको देखिन्छ । तर, ४५ महिनामा ३० लाख रिन लिएको राम चन्द्र यादवले १९ लाख ९८ हजार तिर्छ तैपनि उसको दुई करोडको मुल्यको जग्गा बैंकले छोटो समयमा किस्ता तिरेको ११ दिनपछि लिलामी गरिदिन्छ । रामचन्द्र यादवलाई रिन उपलब्ध गराउन ९० हजार रुपैया बिचौलियाले नै खाइ दिन्छ । न्याय खोज्दा राम चन्द्र यादवलाई सुरक्षाकर्मीले घिसारेर हाल बेहाल गर्छ । किसानले कहिले न्याय पाउने टडकारो प्रश्न उठेको छ । लहानमा किसानहरुले थालेको आन्दोलन अब मधेश र देशकै किसानको तमाम समस्यालाई समाधान गर्न अघि बढ्नुपर्ने आवाज उठ्न थालेको छ ।
मधेसमा मधेसी समुदायलाई अहिलेपनि शासकीय जाति भनाउने अहंकारी समुदायहरुको मन आत्मा सफा भएको छैन् । मधेसमा प्रहरीको रुपमा होस् कार्यालय प्रमुखको रुपमा होस् पत्रकारको रुपमा होस् चाहे न्यायलय र वकालत गर्ने क्षेत्रमा किन नहोस् । मधेसी समुदायलाई अझैपनि शोषण गर्न तलिन रहेको घटनाक्रमले पुष्टि गरिरहेको छ । अधिकांस मधेसी किसानहरुलाई कानुनी प्रशासनिक र राजनीति दमन गर्न ति शासक जातीय भनाउनेहरु अनेक दलमा विभाजित भएपनि मधेसी समुदायका सोझा किसानहरुमाथि कुदृष्टि नै राखेको छ ।
मधेसको विकास भनेको किसानको जीवन खुसहाल बनाउनु हो । खुसहाल बनाउनको लागि मधेस सरकार र मधेसका १३६ वटै स्थानीय सरकारहरु मिलेर किसानको अवस्था उकास्नका लागि कृषि नीति सवल बनाउन आवश्यक छ । मधेसको समुन्नतिको लागि मधेसका जनताहरु मधेस बनाएर देश बनाउने राष्ट्रवादी विचारलाई अघि बढाउन जरुरी छ । मधेशको कृषि सामुदायिक विद्यालय अस्पताल र पर्यटनको विकासमा कृषकहरुको सहभागितालाई समेत ध्यान दिन जरुरी छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A