किसानको हाल पानी बिनाको माछा जस्तो कहिलेसम्म ?

  • पुस २५, २०८१
  • समृद्धिपथ
alt

 

 

जीवछ उदासी 

नेपाल कृषि प्रधान देश भनिन्छ । ६० प्रतिशतभन्दा माथिको नेपाली जनता कृषिमा आश्रित छ । किसानको अवस्थामा सुधार नभएसम्म देशको मुहार फेरिने छैन् । मधेशको समृद्धि हुन सक्दैन । किसानले गरि दिएको उत्पादनबाट नै सबैको आहार पुगेको छ । तर किसानको जीवनमा परिवर्तनको कुनै निखार देखिएको छैन् । किसान सोझा प्राणीको रुपमा गनिएको कारण पनि यस्तो भइरहेको तथ्य बाहिर घटनाक्रमले पुष्टि गरिरहेको छ । सर्लाहीको किसानले गरिरहेको किसानको उखु आन्दोलन विभिन्न काल खण्डमा भएको निर्णायक र छिटपुट आन्दोलनले निष्कर्षमा नपुग्दा किसानको जीवनमा कुनै परिवर्तन नआएको हो । 

लहान नगरपालिका -२ का कृषक रामचन्द्र यादवको जग्गा लिलामी भएको घट्ना एउटा प्रतिनिधिमुलक मात्रै हो । रामचन्द्र यादव जस्तो पीडा कति किसानले भोगि सक्यो तर घटनाहरु बाहिर नआएको हो । कृषि विकास बैंक केको लागि स्थापना भएको हो । किसानको जीवनमा परिवर्तन ल्याउनको लागि तर त्यस्तो हुन सकेको छैन् । मधेसका किसानहरुले कृषि प्रयोजनको लागि कति रिन लिएको हो ? व्यापारीहरु कृषि कार्य भनेर कति रिन लिएको हो ? मधेसमा देखिएको मिटर ब्याजमा लगानी गर्न कति रिन लिएको हो ? यो तथ्याङक सार्वजानिक हुन जरुरी छ । लहानमा रहेको कृषि विकास बैंकका कर्मचारीहरु मोटाएका छन् । गगनचुम्बी घर र सहरी क्षेत्र र ग्रामीण क्षेत्रमा विगहा को विगहा जमीन खरिद गरेको छ । बैंकको अधिकांस रकम बैंकका हाकिमहरुले आफ्नो नीजि जीवनमा प्रयोग गरेको देखिन्छ । तर, ४५ महिनामा ३० लाख रिन लिएको राम चन्द्र यादवले १९ लाख ९८ हजार तिर्छ तैपनि उसको दुई करोडको मुल्यको जग्गा बैंकले छोटो समयमा किस्ता तिरेको ११ दिनपछि लिलामी गरिदिन्छ । रामचन्द्र यादवलाई रिन उपलब्ध गराउन ९० हजार रुपैया बिचौलियाले नै खाइ दिन्छ । न्याय खोज्दा राम चन्द्र यादवलाई सुरक्षाकर्मीले घिसारेर हाल बेहाल गर्छ । किसानले कहिले न्याय पाउने टडकारो प्रश्न उठेको छ । लहानमा किसानहरुले थालेको आन्दोलन अब मधेश र देशकै किसानको तमाम समस्यालाई समाधान गर्न अघि बढ्नुपर्ने आवाज उठ्न थालेको छ । 

मधेसमा मधेसी समुदायलाई अहिलेपनि शासकीय जाति भनाउने अहंकारी समुदायहरुको मन आत्मा सफा भएको छैन् । मधेसमा प्रहरीको रुपमा होस् कार्यालय प्रमुखको रुपमा होस् पत्रकारको रुपमा होस् चाहे न्यायलय र वकालत गर्ने क्षेत्रमा किन नहोस् । मधेसी समुदायलाई अझैपनि शोषण गर्न तलिन रहेको घटनाक्रमले पुष्टि गरिरहेको छ । अधिकांस मधेसी किसानहरुलाई कानुनी प्रशासनिक र राजनीति दमन गर्न ति शासक जातीय भनाउनेहरु अनेक दलमा विभाजित भएपनि मधेसी समुदायका सोझा किसानहरुमाथि कुदृष्टि नै राखेको छ । 

मधेसको विकास भनेको किसानको जीवन खुसहाल बनाउनु हो । खुसहाल बनाउनको लागि मधेस सरकार र मधेसका १३६ वटै स्थानीय सरकारहरु मिलेर किसानको अवस्था उकास्नका लागि कृषि नीति सवल बनाउन आवश्यक छ । मधेसको समुन्नतिको लागि मधेसका जनताहरु मधेस बनाएर देश बनाउने राष्ट्रवादी विचारलाई अघि बढाउन जरुरी छ । मधेशको कृषि सामुदायिक विद्यालय अस्पताल र पर्यटनको विकासमा कृषकहरुको सहभागितालाई समेत ध्यान दिन जरुरी छ । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A