ध्यनााकर्षण पत्रमा धर्नादेखि चक्काजामसम्मको कार्यक्रम सार्वजानिक

  • माघ १०, २०८१
  • समृद्धिपथ
alt


जीवछ उदासी
माघ १० गते ।
खुटी नहरमा ह्युमपाइप नराखी सिँचाइको लागि खुल्ला रुपमा सञ्चालन गर्नको लागि खुटी नहर सिँचाइ संघर्ष समितिले इलाका प्रशासन कार्यालय लहानमा ध्यनाआकर्षण पत्र बुझाइएको छ ।

दुई वर्ष अगाडि नै लहान–१० खुटी खोला नहर सञ्चालनको लागि हेडवक्र्स समेत निर्माण भइसकेको अवस्थामा नहरमा ह्युमपाइप राखेर ढल निकासको लागि लहान नगरपालिकाले ठेक्का टेण्डर समेत लगाइ सकेको अवस्थामा संघर्ष समिसितले विभिन्न चरणको आन्दोलन समेत घोषणा गरिएको ध्यानाकर्षण पत्र बुझाउदै संघर्ष समितिका संयोजक धर्मराज चौधरीले जानकारी गरउनुभयो । बुझाइको ज्ञापनपत्रमा माघ १० गते विहिबार १० बजेदेखि ४ बजेसम्म लहान नगरपालिकाको अगाडि धर्ना, ११ गते शुक्तबार सहिदपार्क अगाडि नगरप्रमुखको पुत्त्ला दहन र १२ गते शनिबार प्रदेर्शन र एक घण्टा चक्काजाम रहेको छ । साथै किसान आन्दोलन दबाउन प्रहरी प्रशासनले नगरप्रमुख चौधरीको इसारामा गरिरहेको दमनको समेत निन्दा गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै इलाका प्रशासन कार्यालय लहानका उपसचिव कार्यालय प्रमुख गोकर्णराज सुयालले चरणवद्ध आन्दोलनको क्रममा चक्काजाम र हिंसात्मक कुनैपनि कार्य नगरी शान्तिपूर्ण तरीकाबाट आफ्नो माग सरोकारवालाहरुसँग राख्न आग्रह गर्नुभयो ।

उच्च अदालत जनपुरको राजविराज इजलासले पुस ४ गतेको अल्पकालिन आदेशमा सुलभ–सुक्दा पि.पि. जे.भी.लाई ड्रेन(ढल) निर्माण कार्यपनि नरोकी र नहरलाई नमास्नेगरी दुरुस्त राखि किसानको खेतमा सिँचाइ पुरयाउन उल्लेख रहेको छ ।

नगरपालिकाले सहरी क्षेत्रमा अढाई किलोमिटरमा ह्युमपाइ राखेर किसानकै खेतमा सिँचाइ पुरयाएर सहरी क्षेत्रको सौन्दर्यकरणमा लागेकोले विकास कार्यमा अवरुद्ध पुरयाउन र राजनीति रुपमा फाइदा लिन यस्तो अवरुद्ध पुरयाएको बताइएको छ । खुल्ला नहरहुँदा यसले सरसफाइ र सौन्दर्यकर(णमा चुनौती खाडा हुने नगरप्रमुख महेश प्रसाद चौधरीले बताउँदै आइरहनु भएको छ ।

ह्युमपाइप राखेपछि सहरी क्षेत्रमा पानी रिचार्ज नहुँदा खानेपानीको लागि प्रयोग गर्ने हातेकल सुक्ने र ह्युमपाइमापमा खुटी खेलाको बाल्ुवा आउँदा नहर पुरिने र वर्षाको बेला पानी थेग्न नसकेर झन् ठूलो समस्या भइ नहर सञ्चालनमा समस्या आउने र नहर किनारा रहेको अतिक्रमित जग्गा खाली नहुने समस्या उत्पन्न हुने भएकोले संघर्ष समिति गवठन गरेर आन्दोलन गर्दै आइरहेको छ ।

कहिपनि यसरी नहरमा ह्युमपाइप राखेर नहर प्रणाली सञ्चालन नभएको र सिँचाइ महासङघसँग समन्वय नगरी समिति गठन नगरी टेण्डर लगाएर नगरपालिकाले किसानको भावना बुझ्न नसकेको सिँचाइ महासङघ सिरहाका अध्यक्ष रामउदगार यादवले बताउनुभयो । उहाँले भन्नुभयो,‘नहरमा हयुमपाइप राख्नु नै नहर मास्नु रहेकोले अदालतले दिएको आदेश अनजुसार नहर खुल्ला नै राखी नहरको अतिक्रमित जग्ग खाली गराएर ड्रेन(ढल) निकास गर्न सकिनेछ । नगरपालिका यस निर्णयबाट पछि नहटे सिँचाइ महासंघले नै समिति बनाएर आन्दोलनमा उत्रिनेछ ।

चन्द्रशमशेरको पालामा नै देशभरी सातवटा गौरवका आयोजनाहरुमध्ये ६५ वर्ष पुरानो खुटी नहर पनि एक रहेको पूर्व नगरप्रमुख मुनि साहले भन्दै खुटी खोलाको पानी लहान नगरपालिकाको दसवटा वडाका ९३५ विगहामा सिँचाइको लागि नौ करोडको लागतमा खुटी नहर प्रणली अन्तर्गत हेडवक्र्स निर्माण गरिएकोले खुल्ला नहर नै सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो,‘मधेश प्रदेशको सिँचाइ कार्यालयसँग सम्न्वय गरेर हेडवक्र्स निर्माण गरेका छौं ।’

 

 

प्रेस चौतारी नेपाल, ...

फिरोज सिद्दिकी  सिराहा । प्रेस चौतारी नेपाल, सिरा ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी  सिरहा, २४ माघ । प्रेस चौतारी नेपा ...

सखुवानन्कारकट्टीमा क ...

फिरोज सिद्दिकी  लहान। सिराहाको सखुवानन्कारकट्टी ग ...

लहान नगर प्रमुखको दम ...

फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका प्रमुख मह ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A