नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई ग्लोबल एकेडेमी लहानद्वारा सम्मान

  • माघ २१, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई ग्लोबल एकेडेमी लहानद्वारा विशेष सम्मान गरिएको छ। नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा, केन्द्रिय लेखा समिति संयोजक केसी लामिछानेलगायत प्रेस चौतारीका केन्द्रिय सदस्य अच्युत पौड्याल र जिवछ चौधरीलाई लहानमा विशेष सम्मान गरिएको हो।

ग्लोबल एकेडेमी लहानका प्रधानाध्यापक कञ्चल साह तथा एकेडेमीका सञ्चालक एवं प्रेस चौतारी नेपाल सिरहा शाखाका अध्यक्ष शिव कुमार साहले संयुक्त रूपमा सम्मान गरेका थिए। कार्यक्रममा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले पत्रकारिताको विकासका लागि यस्ता सम्मानले थप प्रेरणा दिने बताउदै स्वतन्त्र, निडर र जिम्मेवार पत्रकारिताका लागि महासंघले सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। उनले पत्रकारहरूको हक, अधिकार र सुरक्षाका लागि आफ्नो कार्यकालमा विशेष पहल गर्ने पनि बताए।

त्यस्तै, महासंघका केन्द्रिय लेखा समिति संयोजक केसी लामिछानेले पत्रकारहरूको हकहित तथा पेशागत सुरक्षा सुनिश्चित गर्न महासंघ प्रतिबद्ध रहेको उल्लेख गरे।

ग्लोबल एकेडेमी लहानका सञ्चालक शिव कुमार साहले पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै सत्यतथ्य समाचार सम्प्रेषणका लागि पत्रकारहरूको भूमिका अपरिहार्य रहेको बताए। त्यस्तै, एकेडेमीकी प्रधानाध्यापक कञ्चल साहले पत्रकारहरूको योगदानलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताउँदै संस्थाले सामाजिक उत्तरदायित्वलाई सधैं प्राथमिकता दिने बताइन्।

कार्यक्रममा अतिथिहरूले ग्लोबल एकेडेमी लहानको शैक्षिक गतिविधिहरूको प्रशंसा गर्दै यसले गुणस्तरीय शिक्षामा उल्लेखनीय योगदान पुर्‍याइरहेको धारणा राखेका थिए।

प्रेस चौतारी नेपाल, ...

फिरोज सिद्दिकी  सिराहा । प्रेस चौतारी नेपाल, सिरा ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी  सिरहा, २४ माघ । प्रेस चौतारी नेपा ...

सखुवानन्कारकट्टीमा क ...

फिरोज सिद्दिकी  लहान। सिराहाको सखुवानन्कारकट्टी ग ...

लहान नगर प्रमुखको दम ...

फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका प्रमुख मह ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A