प्रेस चौतारी नेपाल, सिराहाको सातौं जिल्ला अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

  • माघ २४, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

सिराहा । प्रेस चौतारी नेपाल, सिराहाको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शिवकुमार साहको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन भएको हो।

सर्वसम्मत चयन भएका कार्यसमितिमा उपाध्यक्षमा फिरोज सिद्दिकी र यमुना खनाल, सचिवमा सुरेश राय, उपसचिवमा विजय साह र रंजिता कुमारी सिंह, कोषाध्यक्षमा रुनकेस कामती रहेका छन्। 

त्यस्तै, सदस्यहरूमा बिन्दे यादव, प्रदीप यादव, सुनिता मगराती, हरिननाथ यादव, महिन्द्र मंण्डल र ओमप्रकाश गुप्ता रहेका छन् ।  

20250206_160526 1

अधिवेशनको प्रमुख अतिथि नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज एवं पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठ रहेका थिए। उनले पत्रकारिताको भूमिका अझ प्रभावकारी बनाउन चौतारीले खेलेको भूमिकाको प्रशंसा गरे।

20250206_132843

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव हिरामान लामा, नेकपा एमाले सिराहा जिल्ला अध्यक्ष तथा सिराहा नगरपालिकाका नगरप्रमुख डा. नवीन यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रेस चौतारी केन्द्रीय सदस्य आच्यूत पौड्याल, धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतो, गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम श्रेष्ठ, भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्र नरायण यादव लगायतको उपस्थिति रहेको थियो ।  

कार्यक्रममा विभिन्न वक्ताहरूले प्रेस स्वतन्त्रता, निष्पक्ष पत्रकारिता र क्षेत्रीय सञ्चारको भूमिकाबारे धारणा राखेका थिए।

नव-निर्वाचित अध्यक्ष शिवकुमार साहले पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको रक्षा गर्दै जिल्लामा पेशागत पत्रकारिताको प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

20250206_135442 20250206_135119 1 20250206_134650 1

सरकारले भ्रष्टाचारी ...

काठमाडौं, शुक्रबार । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष ...

राजावादीको आन्दोलनमा ...

काठमाडौँ, शुक्रबार । व्यवस्थाको विरोध गर्दै राजावादीहरू ...

पत्रकारिताले बेथिति ...

फिरोज सिद्दिकी लहान, सिरहा । मधेश प्रदेश सरकारका गृह, ...

लहान नगरपालिकामा उपम ...

फिरोज सिद्दिकी  लहान, सिरहा । लहान नगरपालिकामा उप ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A