आफू आत्मनिर्भर अरुलाई रोजगारी दिन सफल मुकेश

  • फागुन ११, २०८१
  • समृद्धिपथ
alt


जीवछ उदासी
फागुन ११ गते

नवराजपुर गाउँपालिका –४ का मुकेश यादव अहिले मङगल दिप अजरवत्ती उद्योग चलाएर आफू आत्मनिर्भर हुनुको साथै अन्य चार जनालाई समेत रोजगारी दिन सफल हुनु भएको छ ।

नवाजपुर गाँउपालिकामा कम्प्युटर अपरेटरमा करारामा कार्यरत मुकेश यादवको करारको जागीर गाउँपालिका अध्यक्षमा अर्को दलले चुनाव जितेपछि म्याद नथपिदिएपछि बेरोजगार हुन पुगेको थियो मुकेश यादव । एउटा जागिर खेसिएपछि अर्को जागिर गर्न निकै प्रयाररत रहेको उहाँले सुनाउनुभयो । ‘केहि दिन रोजगारीको लागि निकै भौतारिए तर जागिर नभएपछि कुनैबेला विदेश नै जाने मनपनि भयो । विदेश जानुभन्दा आफ्नै गाउँ ठाउँमा केहि गर्न पाए हुन्थ्यो कि चाहना पनि जाग्यो । गाउँ पालिकामा कार्यरत रहँदा घरेलु उद्योगको रुपमा थोरै लगानीमा अगरबत्ती बनाउने तालिम चलाएको थिए । त्यस तालिमबाट सिकेको सीप ज्ञानलाई नै प्रयोग गरेर आत्मनिर्भर किन नहुने सोच आयो । दुई वर्षभयो अगरवती उद्योग सञ्चालन गरेको । अहिले महिनाको पचास हजार आफू कमाई गर्नुको साथै थप चार जनालाई समेत रोजगारी दिन समेत सफल भएको छु’,मुकेशले सफलताको कथा सुनाउनुभयो ।

अगरवत्ती बनउने मेशिन र चाहिने पदार्थ सबै नेपालमै पाइने उत्पादन गरेको अगरवत्ती समेत स्थानीय गाउँ ठाउँमा नै बिक्री हुने भएकोले गाउँपालिकाको जागिर खोसिएपनि अगतवत्ती उत्पादन गर्ने सात दिइने तालिमले मेरो जीवन नै बदलि दिएको मुकेशले भन्दै गाउँपालिकाबाट दिइरहेको सिलाइ कटाइ,तरकारी खेति,कम्प्युटर तालिमले आत्मनिर्भर हुन सकिने आफ्नो सफलताको कथा सुनाएर वैदेशिक रोजगारमा जान चाहनेहरुलाई आफ्नै गाउँ ठाउँमा अवसर रहेको प्रेरणा दिइने काम समेत गरिरहेको बताउनुभयो । अगरबती उद्योग सञ्चालनमा ल्याउने नयाँ उद्योगी युवाहरुलाई मेशिन चलाउने र अगरवत्ती बनाउने तालिम दिन प्रशिक्षकको रुपमा सिरहा वाहेक सप्तरी र सुनसरीमा समेत माग बढीरहेकोले यसबाट पनि राम्रै कमाइ हुन थालेको छ ।

मुकेश यादव नवराजपुर गाउँको लागि मात्रै होइन, मधेशकै लागि प्रेरणाको स्रोत प्रेरक युवाको रुपमा छाप बनाउन सफल भएको नवराजपुर गाँउपालिका –४ का जय नारायण यादवले बताउनुभयो । मुकेशले जागिर नभए आत्मनिर्भर हुन धेरै विकल्प रहेको अभियानीको रुपमा समेत छवि बनाउनु भएको उहाँले सुनाउनुभयो ।नवराजपुर गाउँपालिकाले कृषि उद्योग अगरवती बनाउने उद्योग च्याउ खेति, धान,गेहँु उत्पादन र तरकारी खेतिमा आत्मनिर्भर बनाउनुको साथै प्राविधिक ज्ञान दिनको दलागि जनता माध्यमिक विद्यालयमा प्राविधिक धारको पढाइ र कृषि शाखालाई भरपर्दो बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष शिबउदागार यादवले बताउनुभयो ।

 

 

 

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A