अन्ततः लहान नगरपालिकाले किसान संघर्ष समितिसँग गर्यो सम्झौता, ढल निर्माण स्थगित

  • फागुन १५, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान । लामो रस्साकस्सीपछि अन्ततः लहान नगरपालिकाका मेयर महेश चौधरी र खुट्टी नहर सिंचाई संघर्ष समिति बीच समझदारी कायम भएको छ। 

संघर्ष समितिको निरन्तर आन्दोलनका कारण लहान क्षेत्रको शान्ति सुरक्षा तथा सामाजिक सद्भाव प्रभावित भएको भन्दै नगरपालिका र समितिले संयुक्त बैठक गरी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

बिहीबार जिल्ला प्रशासन कार्यालय सिराहामा भएको सम्झौता अनुसार, लहान नगरपालिका क्षेत्रभित्र निर्माणाधीन खुट्टी खोला सिंचाई नहर खुला रूपमा निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहको लगानी जुटाउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, हाल भईरहेको नहरमा ढल निर्माण कार्यलाई स्थगित गर्ने तथा ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रियालाई अघि बढाउने निर्णय गरिएको छ।

त्यसैगरी, नगर क्षेत्रभित्र अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ। स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज तथा सबै पक्षको सहयोगमा जग्गा खाली गराउने कार्यलाई प्राथमिकता दिने निर्णय गरिएको छ।

सम्झौतासँगै संघर्ष समितिले आफ्ना सम्पूर्ण आन्दोलन तथा विरोधका कार्यक्रम स्थगित गर्ने सहमति जनाएको छ। यस निर्णयपछि लहान क्षेत्रको सामाजिक सद्भाव पुनः स्थापित हुने अपेक्षा गरिएको संघर्ष समितिका संयोजक धर्मराज चौधरीले जनाएको छ। यस सहमतिसँगै लहान क्षेत्रमा शान्ति सुरक्षामा सुधार आउने तथा स्थानीय किसानहरूका माग सम्बोधन हुने अपेक्षा गरिएको जनाइएको छ।

FB_IMG_1740653315755

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A