रिङकु सदायको न्यायको लागि खबरदारी गरिरहनुपर्छ : मानवअधिकारवादी राउत

  • फागुन २०, २०८१
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,फागुन २० गते 

नवराजपुर गाउँपालिका -१ भगवतीपुरको रिङकु सदायको बलात्कार गरी मृत्युवरण भएको घट्नामा संलग्नहरुमाथि कर्वाही नभएसम्म खबरदारी गरिरहनु पर्ने मानव अधिकारवादी नेता राजकुमार राउतले बताउनु भएको छ । 

मानवअधिकारवादी राउत र राष्ट्रिय मानव अधिकार संगठन सिरहाको सदस्य बिजय कुमार महतो रिङकु सदस्यको बुबा आमालाई भेटेर घटनाबारे विस्तृत जानकारी लिइ यस्तो बताउनु भएको हो । 

मानव अधिकारवादी नेता राउतले भन्नुभयो,' अहिलेपनि विपन्न दलितहरुमाथि जघन्य अपराधको घट्ना लुकाउने काम भइरहेको छ । मिडिया र अधिकारकर्मीहरुले यो घटनालाई नउठाएको भए सल्टि सकेको हुन्थ्यो । रिङकुको बलात्कार र हत्यामा संलग्नहरुमाथि कारवाही नभएसम्म मानवअधिकारवादीहरु खबरदारी गरिरहने छौ । 

माघ २७ गते सौच गर्न गएकी मौका छोपी त्यहि गाउँका रुपेश मण्डल,चन्दन साह र राम बिनय मण्डलले बलात्कार गरेको केहि दिनपछि गाउँमा पञ्चायत वसेर सामाजिक न्याय नपाएकी र पञ्चायतमा गरिएको एक लाख ४० हजार जरिवाना समेत नपाएकी रिङकु सदाय आफ्नै घरमा मृत्य अवस्थामा भेटिएकी थिइन् ।

रिङकुको न्यायको लागि मधेश प्रदेशका गृह मन्त्री राजकुमार लेखी,नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत मानव अधिकारवादी ,महिला अधिकारकर्मी र दलित अधिकारकर्मीहरु पुगेर रिङकुको बलात्कारपछि को हत्याको घट्नामा संलग्न तीन युवा र सामाजिक न्याय नदिइ मृत्युवरण हुन पुगेकी रिङकुको न्यायको लागि खबरदारी गरिरहेका छन् । 

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A