जीवछ उदासी
लहान, फागुन २१ गते
सिरहाको चार पालिकाहरु गेलबजार, मिर्चैया,कर्जन्हा र सिरहा नगरपालिकामा एक वर्षमा १८३ महिला हिंसाका घटनाहरु घटेका छन । मुक्ति नेपाल सिरहा गाृेलबजारले गरेको सर्वेक्षण अनुसार घरेलु हिंसा ५४,बालविवाह ३७,महिला हिंसा ३३,झैझगडा २१,कुटपिट ८,मानसिक यातना ७,बलात्कार ४,यौन शोषण ४,आत्महत्या २,हत्या २ र अन्य ११ गरी १८३ रहेको मुक्ति नेपालका कार्यक्रम संयोजक सन्जु दासले जानकारी दिनुभयो ।
हिंसाका घटनाहरुमा सबैभन्दा बढी पतिबाट ९६,सासुबाट २२,बुवाबाट २०,छिमेकीबाट १८,छोरी बुहारीबाट ७,सासुराबाट ५,साथीबाट ५,आमाबाट ४,प्रृमीबाट ४,देवरबाट १ र प्राकृतिक प्रकोपबाट १ रहेको छ भने सबैभन्दा २१ देखि ४० वर्ष उमेर समूहका १०४ जना रहेको मुक्ति नेपालको तथ्याङकमा उल्लेख रहेको छ ।
सबैभन्दा नजिकको जीवन साथीको रुपमा रहेको पतिबाट सबैभन्दा बढी हिंसामा परेको घट्नाहरुलाई सुक्ष्म रुपमा विश्लेषण गरेर समस्याको गहिराइमा पुग्दा हरेक घट्नामका दाइजो जोडिन आउने गरेपनि दाइजो वियषयमा पीडितहरु समेत उजुरी दिन नचाहनुले हिंसा नियणत्रणमा आउन नसकेको मुक्ति नेपाल सिरहामा अध्यक्षा देव कुमारी महराले बताउनुभयो । उहाँले भन्नुभयो,‘चालिस लाखसम्म दाइजो लिएर गरिएको तडकभडकको विवाहपछि सम्बन्ध राम्रो हुन नसकेर सम्बन्ध विच्छेद भएको छ । दाइजो हटाउने विषयमा सरकारको प्रभावकारी कदम नचाल्नु समस्याको रुपमा रहेको छ । यो विषयमा महिला अधिकारकर्मीहरु जोखिम मोलेर पनि अभियान चलाइरहँदा यस विषयमा जातीय माइनवजनहरु, राजनीतिक दलहरु र तीनै तहको सरकारको चासो र सक्रियता आवश्यक छ ।’
सिरहा नवराजपुर –१ भगवतीपुरकी रिङकु सदायको बलात्कारपछि भएको मृत्यु हत्या थियो कि आत्महत्या यस विषयमा प्रहरीले सुरुमा घट्नालाई अन्यत्र मोडन खोजेपछि पत्रकार र महिला अधिकारकर्मीहरुले समेत जोडदार रुपमा उठाएपछि मात्रै प्रहरी प्रशासनले छानविन र पक्राउको लागि सक्रियता देखाएपनि घट्नामा संलग्न रुपेश मण्डल,चन्दन साह र राम विनय मण्डल फरार हुनुमा प्रहरीको लापरवाही देखिएको उहाँले प्रष्टयाउनुभयो ।
सञ्चारकर्मीहरुले हिंसामा महिलाहरु मात्रै होइन, पुरुषहरु समेत हिंसामा परेको घट्नाहरुबारे कुनै तथ्याङक छ कि छैन भने प्रश्नको जिज्ञासामा अध्यक्षा महराले भन्नुभयो,‘पुरुषहरु हिंसामा परेका घट्नाहरु प्नि छन् तर पुरुषहरु आफू हिंसामा परेको विषयमा बोल्न र उजुरी दिन नचाहेकोले यसबारे कुनै तथ्याङक सङकलन गर्न सकिएको छैन । हिंसामा परेका पुरुषहरुको न्यायको लागि समेत पैरवी गर्न तयार छ ।’
महिला हिंसाको घट्नाहरु बढ्नुभन्दा बढी बाहिर आउन थालेको प्रदेशसभा सदस्य ललिता दासले भन्दै हिंसाको घट्नाहरु न्यूनीकरणको लागि स्थानीय र प्रदेश सरकारले मिलेर जन जागरण अभियान चलाउनुको साथै कानुनी कारवाही गर्न इच्छा शक्ति देखाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘तराई–मधेशको हरेक जिल्लामा दाइजोको कारण हिंसामा भइरहेको बढोत्तरी अब कहिलेसम्म सहने ? यो प्रश्नको उत्तरदायित्व तीनै तहको सरकारले दिइने बेला भैसकको । हिंसामुक्त समाज निर्माण नभएसम्म समाजमा शान्ति र समृद्धिपनि संभव छैन ।’
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A