जीवछ उदासी
नवराजपुर गाउँपालिका –१ भगवतीपुरका रिङकु सदायको बलात्कृत भइ मृत्यु भएको घट्नामा पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयले सार्वजानिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा पत्रकार सम्मेलन गरी सिरहा प्रहरी प्रमुख रमेश पण्डितले आफ्नै कार्यकक्षमा सार्वजानिक गर्नु भएको हो ।
फरार भएका मुख्य आरोपी प्रहरीले रुपेश् मण्डल नियणत्रणमा लिई जिल्ला अदालतमा म्याद थप लिइ अनुसन्धान भइरहेको,फरार रहेका अन्य प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा वडा सदस्य नथुनी साह,राम कृपाल मण्डल,बिन्देश्वर साह र राजेन्द्र मण्डल गरी आठ जना पक्राउ परेको छन् । आठै जनालाई पक्राउ गर्न प्रहरीले अहोरात्र खटेर नेपाल भारतको सिमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विरेन्द्र कुमार पासवानले जाकारी दिनुभयो । फागुन ११ गते चन्देश्वर मण्डल राम विनाृेद मण्डल र कमलेश दासलाई पक्राउ गरिएको थियो ।
माघ २७ गते रिङकु सदाय आफ्नो घरदेखि साझ ७ बजेतिर उत्तर सौच गर्न गएका बेला त्यहि गाउँका सांकेतिक नाम ०८१ लहान(ण) सागै दुई जनाले रातभरी बलात्कार गरी विहानको राती तीन बजेतिर आएर छाडि दिएको थियो । माघ २९ गते रिङकुको आमाले समाजमा पञ्चायत बसाएर न्याय माग्दा स्थानीय समाजिक पञ्चायत गर्ने पञ्चहरुले एकलाख चालिस हजार जरिवाना गरेको थियो । त्यो जरिवाना समेत नदिएपछि बलात्कृत भएकी रिङकु सदाय माघ ३० गते आफ्नै घरमा वाँसको बलोमा झुण्डी मृत अवस्थामा फेला परेको थियो ।
रिङकु सदायको बलात्कार जस्तो घट्नामा मुलुकी अपराध संहिता २०७४ को दफा २२७ क (करणी सम्बन्धी कसुरमा मिलापत्र गर्न वा गराउन नहुने )व्यवस्था रहेको भन्दै महिला अधिकारकर्मीहरुले पञ्चायत गर्ने र बलात्कार गरी मृत्युवरण गर्ने अवस्थामा पुरयाउने मुख्य परार प्रतिवादीहरुलाई पक्राउ गर्न दबबा सृजना गर्दै आइरहेको थियो ।पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ र मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी रिङकु सदायको घर पुगेर रिङकुको पिता बिजुली सदाय र आमा सिता देवी सदायलाई न्याय दिलाउने प्रतिवद्धता गरेपछि मधेश प्रहरी कार्यालय प्रहरी वरिष्ट उपरीक्षक शान्तिराज कोइरालाको टोलीले स्थलगत विवरण लिएपछि जिल्ला प्रहरी कार्यालय सिरहाले रिङकु सदायको घट्नामा संलग्न फरार अभियुक्तहहरुलाई पक्राउ गर्न लागि परेको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A