फिरोज सिद्दिकी
सिरहा । ‘समृद्धिको लागि सञ्चार कर्म, प्रेस चौतारी नेपालको मुल मर्म’ भन्ने नाराका साथ प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ।
रौतहटको चन्द्रपुरमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा वरिष्ठ पत्रकार लालबाबु शेख सर्वसम्मत निर्वाचित भएका छन्। नयाँ कार्यसमितिमा उपाध्यक्षमा गौतम श्रेष्ठ, महिला उपाध्यक्षमा भवानी सुवेदी, महासचिवमा दिवाकर भण्डारी, कोषाध्यक्षमा जितेन्द्र साह चयन भएका छन्।

यसैगरी, सचिव पदमा ग्यासु मिया देवान, अनिरुद्ध ठाकुर, धनवीर महतो, राकेश यादव, जिवनारायण झा, श्याम कुशवाहा निर्वाचित भएका छन्। सदस्यहरूमा गणेश प्रसाद खरेल, शेखर छतकुली, कन्हैया गुप्ता, सफल खतिवडा, शम्भुप्रसाद महतो, अमृता सिंह, राधेश्याम पटेल, ललनकुमार साह, युवराज खड्का, सुरेश प्रसाद आचार्य, भोला यादव, धर्मेन्द्र चौरसिया, गौरी न्यौपाने, बिना राउत, देवेन्द्र यादव, संगीता शिवाकोटी, पिन्टु यादव र आशिक अन्सारी चयन भएको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य राम भरोसी महतोले जनाकारी दिनु भयो।
कार्यक्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेकपा (एमाले) मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे, महासचिव तथा अन्य सचिवहरूको उपस्थिति रहेको थियो।
प्रेस चौतारी नेपालको मधेश प्रदेश कमिटीले आगामी कार्यकालका लागि पत्रकारिता क्षेत्रको सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा तथा पत्रकारहरूको हकहित प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नवनिर्वाचित अध्यक्ष लालबाबु शेखले प्रेस चौतारी नेपाललाई अझ मजबुत बनाउने तथा पत्रकारिताको गरिमा अभिवृद्धि गर्ने बताएका छन्। अध्यक्ष शेखले पत्रकारिता क्षेत्रको प्रवर्द्धन तथा पत्रकारहरूको हकहितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A