जे.एस. मुरारका बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा

  • चैत २, २०८१
  • समृद्धिपथ
alt

लहान, चैत २ गते । लहान स्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसमा यही चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि तीन वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन्।  

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) तथा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा (एस) सम्मिलित संयुक्त मोर्चाले आ-आफ्ना उम्मेदवार टुंगो लगाएका हुन्।  

सभापतिका लागि नेविसंघबाट रोहित राउत, अनेरास्ववियुबाट मनिष चौधरी, र संयुक्त मोर्चाबाट ललित यादव उम्मेदवार बनेका छन्।  

स्ववियु निर्वाचनलाई लक्षित गरी क्याम्पसमा चुनावी माहोल तातिएको छ। विद्यार्थी संगठनहरू आ-आफ्ना पक्षमा मतदान गराउन सक्रिय देखिएका छन्। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न क्याम्पस प्रशासनले आवश्यक तयारी गरिरहेको जनाएको छ। 

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A