लहान, फागुन ३ गते । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानको स्ववियु चुनावको सन्दर्भमा अनेरास्ववियुका उमेदवार सभापति मनिस चौधरी, सचिव सन्तोष यादव, कोषाध्यक्ष कलमा अन्सारी लगायत सम्पूर्ण प्यानलका पदाधिकारी सदस्यहरूलाई आफ्नो अमुल्य मत दिई विजय गराउन विद्यार्थी ाइबहिनीहरूलाई हार्दिक अपिल गरिएको छ।
वामपन्थी राजनीतिमा लोकतान्त्रिक गणतन्त्र र संघियताको रक्षा गर्नका लागि नेकपा एमाले मधेश प्रदेश कमिटीका सदस्य रामनारायण मेहता, सुमेश यादव, मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य अशोक यादव, कमल यादव, पूर्व क्याम्पस सभापति दीपेन्द्र चौधरी र विद्यार्थी नेता लक्ष्मीनारायण यादवले अनेरास्ववियुको प्यानललाई विजय गराउन सहयोग गरेका छन्।

उनिहरूले यसपालिको चुनावमा अनेरास्ववियुको जीत सुनिश्चित भएको दाबी गरेका छन् र विद्यार्थीहरूको सक्रिय सहभागिता र समर्थनको आवश्यकता रहेको बताएका छन्।
सभापति पदका उम्मेदवार मनिस चौधरी र अन्य समर्थकहरूले भने, “यो चुनावमा हाम्रो जित निश्चित छ र हामीले विद्यार्थीका हकहितको पक्षमा कार्य गर्दै समग्र क्याम्पसको समृद्धिको लागि काम गर्नेछौं।“

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A