औरही गाउँपालिका अध्यक्ष शिवजी यादवसहित तीन जनाविरुद्ध जाहेरी  

  • चैत ९, २०८१
  • समृद्धिपथ
alt

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलित समुदायमाथि भएको ज्यादती प्रकरणमा पीडित परिवारले गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएका छन्।  

शनिबार, दलित समुदायका अगुवासहित जिल्ला प्रहरी कार्यालय, सिरहा पुगेका पीडितहरूले गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाएर जाहेरी दिएका हुन्।  

पीडित दीपक मल्लिककी श्रीमतीका अनुसार, उनीहरू अहिले पनि त्रासमा छन्। उनले भनिन्, “घरमा खानेकुरा केही छैन। गाउँपालिका अध्यक्षका छोराले पैसा लिएर आएर मिल्न भनेका थिए, तर हामीले अस्वीकार गर्यौं।”  

घटनापछि पीडित परिवार रातभर प्रहरी चौकीमा आश्रय लिन बाध्य भएका छन्। उनीहरूका अनुसार, गाउँपालिका अध्यक्षले अझै पनि धम्की दिन लगाइरहेका छन्।  

चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका लागि फागुन १० गते गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाको मिलेमतोमा दलित समुदायका दीपक मल्लिकको घर डोजर लगाएर भत्काइएको थियो।  

घटनामा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरिसकेको छ भने बजरंगी बाबा भने अझै फरार छन्। जिल्ला प्रहरी कार्यालय, सिरहाका अनुसार, बजरंगी बाबाको खोजी कार्य तीव्र पारिएको छ। 

राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार, जाहेरीमा पीडित परिवारमाथि जातीय छुवाछूत गरिएको, जबरजस्ती विस्थापित गरिएको र घर तोडफोड गरिएको गम्भीर आरोप लगाइएको छ। पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने र दोषीलाई कानुनअनुसार कारबाही हुनुपर्ने माग गरिएको छ।  

नेपालको कानुनअनुसार, जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद सजाय र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।  

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A