फिरोज सिद्दिकी
सिरहा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सिरहाले जिल्ला हुलाक कार्यालयको नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विरोध गरेको छ।
एमाले नगर कमिटी सिरहाका अध्यक्ष दिपक यादवको नेतृत्वमा एक टोलीले जिल्ला हुलाक कार्यालय सिराहालाई ज्ञापन पत्र बुझाउँदै अविलम्ब नियुक्ति प्रक्रिया बदर गर्न माग गरेको हो।
ज्ञापन पत्रमा भनिएको छ कि हुलाक कार्यालयले हालै पदपूर्तिका लागि गरेको नियुक्ति प्रक्रियामा अनियमितता भएको छ। पार्टीका अनुसार योग्य र हकदार उम्मेदवारलाई बेवास्ता गर्दै पहुँच र प्रभावका आधारमा नियुक्ति गरिएको छ।
एमाले जिल्ला कमिटीले २४ घण्टाभित्र नियुक्ति प्रक्रिया बदर गरी योग्य उम्मेदवारलाई छनोट गर्न आग्रह गरेको छ। माग पूरा नभए कडा विरोधका कार्यक्रम घोषणा गरिने चेतावनी पनि दिइएको छ।
यस घटनाको जानकारी जिल्ला प्रशासन कार्यालय सिरहा र हुलाक सेवा विभाग, बबरमहल काठमाडौंलाई पनि दिइएको छ। स्थानीय स्तरमा यस विषयमा विभिन्न प्रतिक्रिया आइरहेका छन् भने, हुलाक कार्यालयले यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A