'कान विभागमा उत्पन्न समस्या चाँडै समाधान हुनेछ '

  • चैत १२, २०८१
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,चैत १२ गते । 

सगरमाथा चौधरी आँखा अस्पतालले कान विभागमा देखिएको समस्या समाधान चाँडै गरिने अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले अस्पतालमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशाकीय प्रमुख अभिषेक रोशनले यस्तो बताउनु भएको छ । 

कान विभागका मेसु विजय चौधरीले त्यहि विभागमा कार्यरत अडियोमेट्रि सहायक सिमा महतोलाई मानसिक तनाव दिइएको घट्ना केहि दिन पहिले सामाजिक सञ्जाल र विभिन्न मिडियाहरुबाट बाहिरिएपछि अस्पताल प्रशासनले ‌ मङ्गलबार पत्रकार सम्मेलन गरेर आफ्नो अधिकारिक धारणा सार्वजानिक गरेको छ । 

पत्रकार सम्मेलनमा प्रशासन प्रमुख रोशनले भन्नुभयो,' वास्तविकता भन्दा फरक किसिमले समाचार सम्प्रेषण भएकोले वास्तविक वस्तुस्थिति जानकारीको लागि पत्रकार सम्मेलन मार्फत जानकारी गराउने परिस्थिति आइपरेको छ ।'

'फागुन २२ गते कान विभागमा सहायक सिमा महतो विभागका मेसु चौधरीको असन्तुलित व्यवहारबाट वेहोस भएर खसेपछि थप उचार गराउदा डिप्रेसनमा परेको घटना बाहिरिएपछि अस्पतालले फागुन २८ गते छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिले चैत १० गते सिमा महतोको वयान लिइरहेको समयमा उहाँको पति दिपेन्द्र सिंहले वीस जनाको हुलमा आएर छानविनको कार्य प्रभावित गरेको र त्यहि समयमा सबैको आगाडि मुर्छित भएर सिमा महतो कुर्सीबाट लडेकी थिइन । त्यसपछि छानविनको कार्य रोकिएको थियो,' प्रमुख रोशनले प्रष्टयाउनुभयो । 

यता पटक पटक मेसु चौधरीले श्रीमति सिमालाई मानसिक तनाब दिइने कारणले डिप्रेसनमा पुगेर काठमाण्डौ स्थित विर अस्पतालमा उपचार गराइ औषधि सेवन गर्ने अवस्थामा पुगेपनि अस्पतालले छानविन समिति गठन गरेपनि मेसु चौधरीलाई निलम्बन नगरेकोमा महिला हिंसा र दुर्व्यवहार सम्बन्धी निवेदन प्रहरीमा समेत निवेदन दिइएको सिमाकी पति दिपेन्द्र सिंहले बताउनुभयो । उहाँले भन्नुभयो,' छानबिन समितिले न्याय दिन ढिलाई गरेपछि प्रहरीमा निवेदन दिएर न्यायको लागि सम्बन्धित निकायमा जान बाध्य भएको छु ।' 

 

 

 

 

 

 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A