सामूहिक बलात्कार प्रकरणमा पञ्चायती गर्ने वडा सदस्य नथुनी साह कारागार चलान

  • चैत १३, २०८१
  • समृद्धिपथ
alt

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदाय सामूहिक बलात्कार र शंकास्पद मृत्युको घटनामा पञ्चायती गर्ने एक जना कारागार चलान भएका छन्। सिरहा जिल्ला अदालतले मंगलबार वडा सदस्य नथुनी साहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।

सिरहा जिल्ला अदालतका मुख्य न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई कारागार पठाउने आदेश दिएका छन्। अदालतका श्रेस्तेदार निरज पोखरेलका अनुसार, अदालतले पञ्चायतीमा भूमिका खेल्ने अन्य ६ जनासँग जनही डेढ लाखका दरले धरौटी माग गरेको छ।

स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, रामदेव सदा, कारी सदा र अपहरण तथा बलात्कारका आरोपित दुई नाबालकका आफन्त पर्ने दुई जनासँग जनही एक लाख ५० हजार रुपैयाँ धरौटी माग भएको छ। मुख्य आरोपित नाबालकलाई भने अदालतले परिवारको जिम्मामा छाडिदिएको छ।

सिरहा जिल्ला अदालतले यस घटनामा संलग्न रहेका १० जनामध्ये रामविनोद मण्डल र कमलेश दासलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ। साथै, अपहरण र बलात्कारका आरोपित दुई नाबालक र पञ्चायती गर्ने ८ जना फरार रहेका छन्।

रिंकु माघ २७ गते साँझ शौच गर्न घरछेउको खेततिर जाँदा स्थानीय तीन जनाबाट बलात्कृत भएकी थिइन्। उनी कपडा च्यातिएको र शरीरमा माटो लागेको अवस्थामा भोलिपल्ट बिहान ४ बजे घर आइपुगेकी थिइन्। रिंकुका आमाले उनलाई पेट समातेर रोइरहेको देखेर सोधखोज गर्दा उनले बलात्कारको घटना सुनाइन्। शौच गर्दा आरोपितहरूले शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेपछि नमान्दा करेसाबारीमा लगेर पालैपालो बलात्कार गरेका थिए।

गाउँमा हल्ला भएपछि पीडितलाई प्रहरीमा पठाउनुको सट्टा मिलाउन गाउँमै पञ्चायती गरिएको थियो। करिब ३० स्थानीयको सहभागितामा बसेको पञ्चायतीले आरोपितलाई १ लाख ४० हजार रुपैयाँ तिर्नुपर्ने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो।

तर, आरोपितहरूले दिने रकम पनि पञ्चायतीका अगुवाले आपसमा बाँडफाँड गर्न खोजेपछि विवाद उब्जिएको थियो। विवादले घटना थप जटिल बनाएको र पीडक पक्षबाट धम्की आइरहेको अवस्थामा रिंकु माघ ३० गते साँझ आफ्नै घरमा मृत अवस्थामा भेटिइन्।

इलाका प्रहरी कार्यालय, लहानले घटनाबारे आत्महत्या दुरुत्साहनको आरोपमा एक जना मुख्य आरोपितविरुद्ध मात्र जाहेरी दर्ता गरेको थियो। घटनाबारे समाचार आएपछि प्रहरीले ८ जनाविरुद्ध शरीर बन्धक, जबर्जस्ती करणी, लेनदेन मिलापत्र र आत्महत्या दुरुत्साहनको चार कसुरमा पूरक जाहेरी दर्ता गरेको छ।

लिटिल स्टार स्कुलका ...

फिरोज सिद्दिकी  लहान । लिटिल स्टार सेकेन्डरी स्कु ...

नेपाल प्रिमियर लिगमा ...

काठमाडौं। देशभरका लाखौँ घरमा इन्टरनेट सेवा पुर्‍याइ ...

नेकपा (एमाले) लाहानद ...

फिरोज सिद्दिकी लहान, सिरहा। नेकपा (एमाले) लहान नगर कमि ...

मधेशमा सरोजकुमार याद ...

सिरहा । मधेश प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता सर ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A