महायज्ञको नाममा भएको ज्यादती प्रकरणमा सिरहाका प्रहरी प्रमुख पण्डित हेडक्वाटर तानिए

  • चैत १३, २०८१
  • समृद्धिपथ
alt

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञको नाममा दीपक मल्लिकको घर भत्काइएको घटनामा प्रहरी प्रशासनको कमीकमजोरी देखिएको भन्दै सिरहाका प्रहरी प्रमुख रमेश पण्डितलाई हेडक्वाटर तानिएको छ।

प्रहरी प्रधान कार्यालयले पण्डितलाई काठमाडौंस्थित हेडक्वाटरमा तान्दै, उनको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अनन्तराज शर्मालाई सिरहाको नयाँ प्रहरी प्रमुखका रूपमा पठाएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

उक्त घटनाका कारण स्थानीय प्रशासनको भूमिकाप्रति व्यापक आलोचना भएपछि यसअघि गत शुक्रबार सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव दाहाललाई पनि गृह मन्त्रालय तानिएको थियो।

औरही गाउँपालिकामा महायज्ञको नाममा दलित परिवारमाथि ज्यादती भएको घटनापछि स्थानीय प्रशासनको भूमिकालाई लिएर चर्को विरोध भएको थियो। मानव अधिकारकर्मी तथा विभिन्न संगठनहरूले घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन्।

 

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A