सरकारले भ्रष्टाचारी र कालाबजारीलाई संरक्षण गर्यो : नेत्री पम्फा भुसाल

  • चैत १५, २०८१
  • समृद्धिपथ
alt

काठमाडौं, शुक्रबार । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले सत्तारूढ नेकपा एमाले–नेपाली कांग्रेस नेतृत्वको सरकारलाई भ्रष्टाचार र कालोबजारी प्रवर्द्धन गरेको आरोप लगाएकी छन्।

काठमाडौंको भृकुटीमण्डपमा चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेतृ भुसालले वर्तमान सरकार संविधान कार्यान्वयनको विपक्षमा रहेको र भ्रष्टाचारी तथा माफियाहरूलाई संरक्षण गरिरहेको बताइन्।

‘अहिले मन्त्रीहरू विभागमा कार्यालय खोल्छन्, माफियाहरू मन्त्रालय चलाउँछन्,’ उनले भनिन्, ‘सरकार आफ्नो गतिविधि सच्चाओ, अन्यथा जनता विद्रोह गर्न बाध्य हुनेछन्।’

भुसालले सरकारको गतिविधिप्रति आम नागरिक आक्रोशित रहेको दाबी गर्दै यसकै कारण मुलुकमा पूर्व दरवारीया र पूर्व पञ्चहरू फेरि सक्रिय हुन थालेको बताइन्।

उनले लाखौँ नेपाली जनताको बलिदानबाट प्राप्त गणतन्त्र र संविधानविपरीत राजतन्त्र फर्कने सम्भावना नरहेको स्पष्ट पार्दै पूर्वराजालाई खुला रूपमा राजनीतिमा आउन चुनौती दिइन्।

समाजवादी मोर्चाको कार्यक्रममा अन्य नेताहरूले पनि वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै समाजवाद स्थापना गर्न वाम तथा समाजवादी शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए।

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A