पत्रकारको हत्या र सञ्चारगृहमाथि आक्रमणविरुद्ध पत्रकार महासंघ सिरहा शाखाको प्रदर्शन

  • चैत १६, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिक

लहान, चैत १६ गते। पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ सिराहा शाखाले शनिबार लहानमा विरोध र्याली निकालेका छन्।

राजधानी काठमाडौंमा राजावादीहरूको आन्दोलनको क्रममा पत्रकार सुरेश रजक जलेर मृत्यु भएको घटनालाई गम्भीर अपराधको रूपमा लिँदै महासंघले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध र्याली गरेका हुन्।

लहानको सहिद चोकबाट निकालिएको विरोध विरोध र्याली लहान बजारको परिक्रमा गरी पुनः सहीद चोकमा कोणसभा गरी पत्रकार सुरक्षाको माग गरिएको थियो।

विरोध र्यालीमा सहभागी पत्रकारहरूले 'पत्रकार हत्या बन्द गर, पत्रकारितामाथिको हमला बन्द गर, प्रेस स्वतन्त्रताको प्रत्याभूति देउ, दोषीलाई कारबाही गर' जस्ता नारा लगाएर सुरक्षाको माग गर्दै नाराबाजी गरेका थिए। 

कोणसभालाई सम्बोधन गर्दै महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैताले भने, 'पत्रकारिता कुनै अपराध होइन, पत्रकारहरूको सुरक्षा राज्यको दायित्व हो।' 

उनले, पत्रकारिता क्षेत्रमाथि भएको आक्रमण लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको बताए। उनले दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे।

सञ्चारगृहमा आक्रमण र पत्रकार रजकको हत्या भएको घटनाले पत्रकार सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको महासंघले जनाएको छ। महासंघले घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ।

कोण सभामा वरिष्ठ पत्रकार अर्जुन थपलिया, राजेश विद्रोही, सुदीप राउत, रोयनटर मण्डल, दिनेश्वर प्रसाद गुप्ता लगायतकाहरूले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको रक्षाका लागि सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।

उनीहरूले पत्रकारको हत्या लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारमाथिको हमला भएको भन्दै व्यापक विरोध जनाएका छन।यस्ता घटनाले लोकतन्त्र कमजोर बनाउने भन्दै सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेका छन्।

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A