पत्रकार थपलियाद्वारा हत्या योजना बनाएको दाबी, सुमित श्रेष्ठले गरे कारबाहीको माग

  • चैत १७, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

सिरहा, चैत १७ गते । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सुमित श्रेष्ठले पत्रकार अर्जुन थपलियाले आफ्नो हत्या योजना बनाएको आरोप लगाएका छन्। 

श्रेष्ठले आइतबार गोलबजार स्थित मिथिला थाली होटलको सभा हलमा पत्रकार सम्मेलन गरी एक प्रेस विज्ञप्ति जारी गर्दै दवानल अनलाइन पत्रिकाका सम्पादक अर्जुन थपलियाले आफूलाई ज्यान मार्ने योजना बनाएको अडियो सार्वजनिक भएको दाबी गरेका हुन्।

श्रेष्ठका अनुसार २०८१ चैत १६ गते सजिलो न्यूज अनलाइनमा सार्वजनिक समाचारमा अर्जुन थपलियाले आफूलाई ज्यान मार्ने, हातखुट्टा काट्ने तथा सुपारी दिने योजना बनाएको उल्लेख गरिएको छ। यस खबर सार्वजनिक भएसँगै आफू असुरक्षित महसुस गरिरहेको श्रेष्ठले बताएका छन्।

श्रेष्ठले भने, 'यदि मेरो जनधनको कुनै पनि क्षति भएमा त्यसको सम्पूर्ण जिम्मेवारी दवानल अनलाइनका सम्पादक अर्जुन थपलियाले लिनुपर्नेछ।' उनले आफ्ना परिवारका सदस्यहरूलाई आधारहीन रूपमा समाचारमा नजोड्न आग्रह गरेका छन्।

श्रेष्ठले सम्बन्धित निकायसँग घटनाको निष्पक्ष, गहिरो तथा गम्भीर छानबिन गरी दोषीमाथि कानुनी कारवाही गर्न माग गरेका छन्। साथै, उनले प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रतालाई मर्यादित, उत्तरदायी र सत्यपरक बनाउन आग्रह गरेका छन्।

'पत्रकारिताको मौलिक सिद्धान्त तथा प्रेस स्वतन्त्रताको मर्म विपरीत हिंसात्मक र अपराधिक कार्यमा संलग्न हुनु निन्दनीय, आपत्तिजनक तथा कानुनी रूपमा दण्डनीय कार्य हो। पत्रकारबाटै नागरिकलाई असुरक्षित महसुस गराउने कार्यले मुलुकको लोकतान्त्रिक मूल्य मान्यता र प्रेस स्वतन्त्रताको विश्वासमाथि आँच पुर्‍याउँछ,' श्रेष्ठले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन्।

श्रेष्ठका अनुसार गोलबजार नगरपालिकाको विकास निर्माण सम्बन्धी विषयमा समेत परिवारका सदस्यहरूलाई जोडेर बिना प्रमाण समाचार प्रकाशित गर्ने क्रम जारी रहेको छ। उनले यस्ता कार्य तत्काल रोक्नुपर्नेमा जोड दिएका छन्।

यता, दवानल अनलाइन पत्रिकाका सम्पादक थपलियाले 'यो झुठो, कपोलकल्पित, कपि पेस्ट गरेको अडियो हो, मैले उनीहरूलाई लक्षित गरेर बोलेको होइन' भन्ने प्रतिक्रिया दिए।

20250330_164413 1

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A