जीवछ उदासी
लहान,चैत २७
नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनको उद्घाटन सिरहाको सत्यनारायण सुर्य नारायण मोरबैता बहुमुखी क्याम्पसको प्रङगनमा भयो । उद्घाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गर्नुभयो । उहाँले अधिवेशनबाट चुस्त दुरुस्त नेतृत्व सर्वसम्मतबाट चयन गर्न निर्देशन नै दिनुभयो । सर्वसम्मत हुनै सकेन भने चुनावको प्रक्रियामा जान लोकतान्त्रिक पद्धति र प्रक्रिया छदैछ ।
अधिकांश नेताहरुले नेतृत्व चयन सर्वसम्मत रुपमा नै चयन गरेको राम्रो हुने वाहिय रुपमा बताएपनि आन्तरिक रुपमा चुनावकै सामना गर्ने तयारीमा रहेको पनि देखियो । सर्वसम्मत र चुनाव दुबैतर्फ नेताहरुको मत रहेकोले कुन विधिमा जाने आज बुधबार विहान ८ बजेदेखि सुरु हुने बन्द सत्रबाट प्रष्ट हुनेछ । नेकपा एमाले सिरहा जिल्ला कमिटि चुनावबाटै चयन हुने परम्पराको निरन्तरा नै हुने संभावना प्रवल रहेको एक नेताले तर्क गर्नुभयो ।
मधेश प्रदेशका इन्चार्ज स्थायी कमिटि सदस्य सिरहा - ३ का सांसद पूर्व मन्त्री लिलानाथ श्रेष्ठ आफ्नो गृह जिल्लामा वर्चश्व राख्न खोज्नु स्वभाविक मानिन्छ । आफ्नो गृह जिल्लामा कुनै पनि उच्च कद र पद भएको नेताले शक्तिमा रहि रहन चाहन्छ नै । नेता लिलानाथ श्रेष्ठलाई आफ्नै समर्थक जिल्ला अध्यक्ष छान्न यसपटक असान देखिदैन । सर्वसम्मत गरे अर्का नेता पार्टीको सचिव पुर्व उपप्रधानमन्त्री समेत रहि सक्नु भएको रघुबीर महासेठ समूहको नेतृत्व गरिरहनु भएको सुखीपुर नगरपालिका प्रमुख तथा केस राम औतार यादवले गरिरहनु भएको छ । उहाँले पदाधिकारी र जिल्ला कमिटि मा आफ्नो पकड आउने गरी सर्वसम्मत नभए चुनावमै जाने बताइ रहनु भएको छ ।
श्रेष्ठ कि महासेठ नेकपा एमाले सिरहा जिल्ला कमिटि चयनको राजनीति लाइन भन्दा व्यक्ति लाइन देखिएको छ । श्रेष्ठको पक्षमा सतसाल झै केस तथा सिरहा इन्चार्ज गङगा प्रसाद यादव सिरहा नगरप्रमुख डा नबिन यादव उभिनु भएको छ भने महासेठको पक्षमा खुल्ला रुपमा रामऔतार यादव देखिएपनि भित्र भित्रै युवा नेताहरुको दह्रो साथ रहेको छ । लहान पूर्व नगरप्रमुख मुनि साह महासेठको लाइनमा र युवा नेता अशोक कुमार यादव रहेकोले यतिवेला सिरहामा श्रेष्ठ र महासेठको शक्ति सन्तुलन देखिएको छ । चुनावी प्रक्रियामा नै अघि बढ्यो भने महासेठको खेमाबाट अध्यक्षको उम्मेदबार अशोक कुमार यादव र फूलेश्वर नायकमध्ये एक हुने देखिएको छ । यता श्रेष्ठले आफ्नो उम्मेदबार कसलाई बनाउने स्पष्ट भएको छैन । उहाँले प्रतिष्ठा दाउमा लाग्ने त होइन भने चिन्ताले सर्वसम्मत गराएर विन विन को पक्षमा रहनु भएको छ ।
उद्घाटन सत्रमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले यो सरकार २०८४ सम्म नै जाने बताउनुभयो । नेपाली काँग्रेस र एमाले पुरानो अनुभवी दल भएकोले यो सरकार टसमस नहुने तर्क गर्नुभयो । तर उद्घाटन मञ्चमा नेपाली काँग्रेसको एकजना पनि प्रतिनिधि देखिएन । सरकारमा रहेको हिस्सेदारी दलले शुभकामना दिनसम्म मौका नदिइनुले सरकारमा एमाले काग्रेस मिलेपनि जिल्ला स्तरमा राम्रो सम्बन्ध देखिएन । अन्य बाम घटक दलहरुलाई पनि शुभकामना दिइने साइत नजुर्नुले पनि बाम दलहरुसँगको सम्बन्ध पनि प्रगाढ नभएको प्रष्ट हुन्छ
।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A