सिरहा एमालेमा सर्वसम्मत कि चुनाव ? चर्चामा अशोक यादव

  • चैत २८, २०८१
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनको बन्द सत्र सिरहा सदरमुकाम सिरहामा चलि रहेको छ । सर्वसम्मत नेतृत्व चयनको लागि अध्यक्ष मण्डल लागि परेको छ । अध्यक्ष मण्डलको संयोजक एमाले सिरहा इन्चार्ज केन्द्रिय सदस्य सर्बसम्मत नेतृत्व चयनको लागि सारा तागत झोक्नु भएको छ । उद्घाटन सत्रमा पार्टीमा गुट उपगुटको जन्म हुन नदिन सर्वसम्मत नेतृत्व चयनको लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले निर्देशन दिनु भएको थियो । अध्यक्ष ओलीको निर्देशनलाई आधार बनाएर नै मधेश प्रदेशको इन्चार्ज समेत रहनु भएको लिलानाथ श्रेष्ठ सर्वसम्मत नेतृत्व चयनको लागि पार्टीको पुरानो पुस्ताबाट नेतृत्व छान जोड घटाउ गुणा भाग वर्तमान भविष्य सबै हिसाव कितावमा लाग्नु भएको अधिवेशनको बन्द सत्रबाट खबर प्राप्त भइरहेको छ । 

सर्वसम्मतको नाममा हुहकारी भर्ने यस म्याचको नेतृत्वमा एमाले सिरहामा मजबुत नहुने युवा नेताहरुले नयाँ पुस्ताको भावना र चाहना रहेको अशोक कुमार यादवको नाउँमा नै सर्वसम्मत गरे मान्ने नगरे चुनावमा जाने युवा जनप्रतिनिधिहरुको चाहना रहेको छ । सर्वसम्मत नेतृत्वको नाउमा रामविलास साहको नेतृत्व सर्वस्वीकार नहुने अशोक यादवको पक्षधर अधिवेशनमा सहभागी प्रतिनिधिहरुको बलियो मत रहेको छ । अशोक कुमार यादव नयाँ पुस्ताको मात्रै होइन,पुरानो पुस्ताको पनि चाहना रहेकोले सर्वसम्मत होस् चाहे चुनाव होस् नेतृत्व अशोक कुमार यादवकै हुनुपर्ने बलियो मत देखिएको छ । 

सिरहाको नेतृत्व लिलानाथ श्रेष्ठले आफ्नो अनुकूल बनाउन अन्तिमसम्म गरिने प्रयासलाई रघुबीर महासेठ पक्षधर नेताहरुले सजिलै स्वीकार गरिहाल्ने परिस्थिति देखिएको छैन् । सिरहामा श्रेष्ठलाई टक्कर दिइने महासेठको समूह यस पटक बलियो देखिएको छ । श्रेष्ठको रथ जिल्ला इन्चार्ज गङगा प्रसाद यादव र सिरहा नगर प्रमुख नविन कुमार यादव र प्रदेश अध्यक्ष चन्देश्वर मण्डल हाकिरहनु भएको छ भने महासेठको पक्षमा मधेश प्रदेशका अध्यक्ष रहि सक्नु भएको केस सुखीपुर नगरपालिका प्रमुख राम औतार यादवले गरिरहनु भएको छ । आज सर्वसम्मत नभए चुनाव नै विकल्प भएपनि सर्वसम्मतबाट पुरानै पुस्ताबाट नेतृत्व चयन हुने श्रेष्ठ पक्षको एक समर्थकले जानकारी दिनुभयो । 

को हुन अशोक कुमार यादव ? 

अनेरास्ववियु विधार्थी राजनीतिबाट राजनीति सुरुवात गर्नु हुने यादव सिरहा -१ को ख प्रदेशसभा सदस्य निर्वाचित हुनु भएको थियो । एमाले विभाजन हुँदा नेकपा एकिकृत समाजवादी पार्टीतर्फ लाग्नु भएको थियो । माधव नेपाल र पूर्व मन्त्री रामचन्द्र यादवको प्रियपात्र रहनु भएको यादव २०७९ को चुनावमा एसबाट उम्मेदबार भएर पराजित हुनुभयो । यसबाट राजनीति प्रगति नहुने ठम्याएर आफ्नो पुरानो घर एमाले फर्किनु भयो । एमालेमा जहिलेपनि लिलानाथ श्रेष्ठलाई कडा टक्कर दिइरहने छबि बनाउनु भएको अशोक यादव ११ औ जिल्ला अधिवेशनमा रघुबीर महासेठको तर्फबाट अध्यक्ष पदको प्रवल दाबेदार भएर चर्चामा रहनु भएको छ । किसान परिवारमा सखुवानन्कारकटि -३ दिनाजपुरमा निवासी यादव युवा वृद्धा हरेक उमेर समूहका नेता कार्यकर्तामा भिजेको दुख सुखमा साथ रहने छवि बनाउनु भएको छ । 

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A