जीवछ उदासी
नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । सर्वसम्मत रुपमा युवा नेता अशोक कुमार यादव चयन भएकोले नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको अर्थमा लिन सकिन्छ । नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनु समयको माग हो । किसानको भाषामा उत्पादन बढाउन 'हाइब्रिड' प्रजातिको बीउ प्रयोग हुनु राजनीतिमा कम्प्युटर जस्तै अपडेइट भएको पुस्ता नयाँ आउनुलाई परिवर्तन भएको नै मान्न सकिन्छ ।
चैत २६ गते जिल्ला अधिवेशन उद्घाटन नेकपा एमालेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको थियो । उहाँले नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न दिनु भएको निर्देशनलाई नै समय लम्ब्याएर भएपनि त्यहि निर्देशनलाई पालना गरेको प्रमाणित गरियो । चुनाव नै भएको भए रिमोटबाट चलाउन खोज्ने बाबुसहाब दरबारको रुपमा स्थापित हुन खोज्ने किता चुनावबाट बढारिने देखिएपछि सर्वसम्मत गर्न बाध्य भएकै हो । सर्वसम्मतको नाउँमा आफ्नो आसेपासे सेटिङग गर्न सफल भएको सहजै अनुमान गर्न सकिन्छ । पाटीमा जीवन नै लगानी गर्ने गोलबजार की आशा योञ्जन लहान -२ का जितेन्द्र यादवले फेसबुक स्टाटस लेखेर नै चाकरी नगर्दा जिल्ला कमिटिमा आटाउन नसकेकोले साधारण सदस्य समेत नरहने गरी पार्टीवा सम्बन्ध विच्छेद गरेको छ ।
अशोक कुमार यादव चुनावबाट चुनिने सतप्रतिशत संभावना देखिएपछि सर्वसम्मतिको सुत्रबाट आफ्नो दुनो सोझ्याइएको छ । अशोक कुमार यादवलाई स्वस्थ्य ढङगबाट काम गर्न दिन्छ कि दिइदैन त्यो त हेर्न बाँकी छ । यो परीक्षापनि अशोक कुमार यादवले उतीर्ण हुने शुभकामना भन्नुपर्छ। तर सर्वसम्मतिको नाउँमा घेराबन्दी गर्न घेरिएको दरबारले बिछाएको काँडै काँडाको टाटीले घाँटी नै नघेर्ने भन्न सकिन्न । जे भएपनि एमालेले युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुनु पार्टीभित्रैको प्रतिगामी तागतको विरुद्ध अग्रगामी शक्तिको रुपमा लिनु पर्दछ ।
नेकपा एमालेको तत्कालिन संसद जनताको सहारा प्रशासनलाई मुहतोर जबाफ दिइने नेता हेम नारायण यादवको किताबाट चिनिने अशोक कुमार यादवले नेतृत्व संहालेपछि हेम नारायणको हत्या गर्ने तत्कालिन शाही सेनाको मेजर बाबु कृष्ण कार्कीले नै गरेको प्रतिवेदन आएपनि कारवाही भएन । सिरहाको क्रान्तिको यात्रामा हेम नारायण यादवको हत्याबाट भएको क्षतिको हिसाव माग्दा माग्दै थाकेको सिरहाको एमालेका नेता पंक्तिले गरिरहेको मागलाई यो नेतृत्व कतिको उठाउने छ यो कोणबाट पनि हेर्ने काउनडाउन सुरु भयो ।
सिरहा जिल्लामा जहिले पनि कम्युनिष्ट पार्टीहरुमा नेतृत्व पश्चिमबाट नै हुने । यसपटक पुर्वी भेगमा आएको छ । यस कोणबाट पनि परिवर्तन भएकै हो । सिरहा कम्युनिष्टहरुको लाल किल्ला हो । एमाले माओवादी र एकिकृत समाजवादीबीच नजरमिलान र हृदयमिलान भयो भने २०८४ को १७ वटै पालिकामा कम्युनिष्टहरुको रातो झण्डा फहरिनेछ । यसको लागि अशोक कुमार यादवको भूमिका के हुने ? यो हिसावबाट पनि जोड घटाउ सुरु भएको छ । एमालेको बिधार्थी संगठनबाट उत्पादित अशोक कुमार यादव एकिकृत समाजबादीमा पनि रहनु भयो । माओवादी पार्टीसँगपनि सामिप्य रहनु भएको छ । गणतन्त्रलाई सवल बनाउन बाम एकता अपरिहार्य रहेकोले बाम एकताको सन्देस सिरहाबाट नै किन सुरुवात नगर्ने यो कोणबाट पनि अशोक यादवको नैेतृत्वलाई हेर्न आवश्यक छ ।
सिरहा जिल्लामा १७ मध्ये ९ पालिका एमालेले जितेको छ । चौथो वर्षमा गइरहेको छ । निर्वाचित एमालेका जनप्रतिनिधिहरु पालिका प्रमुखहरुले कामको हिसावले कम्युनिष्ट रहयो कि रहेन ? यस बिषयमा पनि गहिरो दृष्टि पुरयाउन आवश्यक छ । देशमा एमाले सरकार प्रदेशमा एमालेको प्रमुख मन्त्रालय सिरहामा नौ पालिका तापनि मजदुर किसान मैत्री दलित विपन्न मैत्री काम भएन भने कम्युनिष्टको मन्त्र कहिलेसम्म जपि रहने र लाल झण्डा देखाएर कालो मन बनाइरहने ? तसर्थ,अशोक कुमार यादवको नेतृत्वको एमाले विचार काम र नेतृत्वको हिसावले सवल नेतृत्ब गर्नुपर्ने यो अवसर र चुनौती उहाँको लागि आएको छ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A