सिरहाको लक्ष्मीपुर पतारीमा लाखौं भक्तजन सहभागी ऐतिहासिक मेला सम्पन्न निःसन्तान दम्पतीको श्रद्धा र आस्थाको केन्द्र बनेको पतारी पोखरीमा विशेष धार्मिक अनुष्ठान सम्पन्न

  • वैशाख ३, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

सिरहा । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ मा अवस्थित ऐतिहासिक पतारी पोखरीमा नव वर्षको दोस्रो दिन वैशाख २ गते प्रत्येक वर्ष झैं यसपटक पनि भव्य मेला सम्पन्न भएको छ। नेपाल, भारत लगायत विभिन्न देशका लाखौं श्रद्धालु भक्तजनको उपस्थितिमा मेला विशेष धार्मिक वातावरणमा सम्पन्न भएको हो।

विशेषगरी निःसन्तान दम्पतीहरू सन्तान प्राप्तिको कामनासहित आउने यस मेलामा भक्तजनहरूको अपार भीड लाग्ने गरेको छ। सन्तान प्राप्तिको विश्वासका साथ पोखरीमा स्नान गरी पहिलो डुबुल्कीमै भेटिएको कुनै पनि जीवलाई मुठ्ठीमा राखी गाउँको सीमा नाघेपछि मात्र कपडा फेर्ने परम्परा वर्षौंदेखि चलिआएको छ।

लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरका अनुसार मेलामा आउने भक्तजनको सुविधालाई मध्यनजर गर्दै आवश्यक पूर्वाधार र व्यवस्थापन गरिएका छन्। पोखरीको सौन्दर्यकरण, मन्दिरको रंगरोगन, प्रहरी चौकी, स्वास्थ्य चौकी, हाटबजार र सडक सञ्जालको विकासले मेलाको प्रभावकारिता अझ बढाएको अध्यक्ष ठाकुरले बताए।

उहाँले पतारी पोखरीलाई मधेश प्रदेशको ऐतिहासिक र सांस्कृतिक धरोहरको रूपमा संरक्षण गर्न प्रदेश सरकारको ध्यान आकर्षण समेत गराएका छन्। 'यो पोखरी हाम्रो सम्पदा र हाम्रो गौरव हो, यसको संरक्षण हामी सबैको जिम्मेवारी हो,' अध्यक्ष ठाकुरले भन्नुभयो।

करीब १० बिघा क्षेत्रफलमा फैलिएको यस पोखरीको दक्षिणी किनारमा रहेको मन्दिर (गहवर)मा वैशाख १ गते साँझदेखि १८ घण्टासम्म निराहार बस्ने भक्तजनहरू भोलिपल्ट विशेष अनुष्ठानमा सहभागी हुन्छन्। ‘कोकिया गुहाइर’ भनिने धार्मिक प्रक्रिया पश्चात अक्षता लिएर पोखरीमा हामफालेर पूजा सम्पन्न गर्ने परम्परा रहेको छ।

मेलामा भारतको पटना, मधुवनी, दरभंगा, जयनगर लगायत नेपालको तराई क्षेत्रका विभिन्न जिल्लाबाट श्रद्धालुहरूको उपस्थिति रहेको थियो। यस्तो धार्मिक आस्थाले विज्ञान र विश्वासको सहकार्यमा सामाजिक सद्भाव र सांस्कृतिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको देखिन्छ।

राजा सलहेशको गाथासँग जोडिएको पतारी पोखरीको ऐतिहासिक महत्व रहेको जनविश्वास छ। वि.सं. १३२५ तिरदेखि अस्तित्वमा रहेको यो पोखरीले अहिले पनि स्थानीय र आगन्तुकका लागि गहिरो आस्था र आशाको केन्द्रको रूपमा स्थान पाइरहेको छ।

यसरी पतारी मेला धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको छ, जसले मधेश प्रदेशको सांस्कृतिक समृद्धिमा विशेष योगदान पुर्‍याइरहेको छ।

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A