सिरहामा आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा गृहमन्त्रीको गम्भीर चासो, सत्यतथ्य छानबिनको निर्देशन

  • वैशाख ३, २०८२
  • समृद्धिपथ
alt

सिरहा, वैशाख ३ । सिरहाको नवराजपुर गाउँपालिका–३, जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको रहस्यमय मृत्यु प्रकरणमा गृहमन्त्री रमेश लेखकले गम्भीर चासो व्यक्त गर्नुभएको छ। गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई फोन गरी घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन दिनुभएको गृहमन्त्रालयको सचिवालयले जनाएको छ।

आनन्दीदेवी मङ्गलबार आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनी करिब चार महिनाअघि यौन दुर्व्यवहारमा परेकी थिइन्। पुस ९ गते दिदीलाई भेट्न जान लागेकी आनन्दीदेवीमाथि स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले जबर्जस्ती करणी प्रयास गरेका थिए। घटनापछि पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माका अनुसार यौन दुर्व्यवहारको घटनापछि फागुन २५ गते दुवै जनाविरुद्ध जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। तर आरोपितहरू फरार रहेका छन्। 'पीडकहरू नेपाल छाडेर भारतमा लुकेका कारण खोजतलासमा चुनौती छ, तर प्रहरी प्रशासन निरन्तर लागिरहेको छ,' एसपी शर्माले बताए।

प्रहरीका अनुसार घटनापछि पीडितको मेडिकल परीक्षण गराइएको थियो र अदालतबाट पक्राउ पुर्जी समेत जारी गरिएको थियो। एसपी शर्माले आज मात्र घटनास्थल पुगेर मृतकका परिवारसँग भेटघाट गरेको जानकारी दिएका छन्।

'मृतक आनन्दीदेवीको दुई वर्षकी छोरी छिन्। उनी एक वर्षदेखि माइतीघरमै बस्दै आएकी थिइन्। यौन दुर्व्यवहारपछि उनी मानसिक रूपमा कमजोर भएकी थिइन्,' शर्माले बताए। मंगलबार माइतीमा कोही नभएको बेला उनी झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीले आरोपितहरूलाई पक्रन अन्तर्राष्ट्रिय समन्वयमार्फत खोजी कार्य तीव्र बनाएको जनाएको छ।

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A