हिंसा भड्काउने प्रयासप्रति मुख्यमन्त्री सतिशकुमार सिंहको गम्भीर चासो, दोषीमाथि कडा कारबाहीको निर्देशन

  • वैशाख ३, २०८२
  • समृद्धिपथ
alt

सिरहा, वैशाख ३ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगंजमा हनुमान जयन्तीको शोभायात्राका क्रममा उत्पन्न तनाव र त्यसपछिका हिंसात्मक घटनाप्रति गहिरो चासो व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको निर्देशन दिनुभएको छ।

प्रेस सल्लाहकार अनिलकुमार कर्णद्वारा जारी विज्ञप्तिअनुसार मुख्यमन्त्री सिंह तनाव साम्य पार्दै जनजीवनलाई सहज बनाउन सम्बन्धित प्रशासनिक तथा प्रहरी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहनुभएको हो।

मुख्यमन्त्रीले समाजका सबै धार्मिक, साँस्कृतिक र जातीय समुदायबीच आपसी सम्मान र भाइचाराको आधारमा मात्रै सहिष्णुता र शान्ति कायम हुन सक्ने धारणा राख्नुभएको छ। उहाँले साम्प्रदायिक विद्वेष फैलाउने कुरूप मानसिकता र आपराधिक कृत्यमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याई छानबिन तथा कारबाही गर्न स्पष्ट निर्देशन दिनुभएको छ।

मुख्यमन्त्री सिंहले वीरगंजको सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न राजनीतिक दल, नागरिक समाज र प्रहरी प्रशासनको प्रयासप्रति सराहना प्रकट गर्दै वीरगंजलाई धार्मिक र साँस्कृतिक विविधताको प्रतीकका रूपमा चित्रण गर्नुभएको छ। “वीरगंज मधेशको शक्ति हो, यसको सामाजिक सद्भाव कुनै पनि निहुँमा भंग हुनु दुःखद र चिन्ताजनक कुरा हो,” मुख्यमन्त्रीले भन्नुभएको छ।

उहाँले सबै नागरिकले एकअर्काको धार्मिक विश्वास, उपासना पद्धति र अभ्यासप्रति सम्मान जनाउँदै आपसी सद्भावलाई संकल्पका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।

साथै, हालै बसेको सर्वदलीय बैठकले घटनाका दोषी पहिचान, अनुसन्धान र कारबाहीका लागि तय गरेको पाँचबुँदे सहमतिअनुसार प्रक्रिया अघि बढाउन मुख्यमन्त्रीले स्थानीय प्रशासनसँग आग्रह गर्नुभएको छ। सरकारले सामाजिक शान्ति र सद्भाव कायम राख्न सबै पक्षसँग संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

cm bigyapti

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A