गणतन्त्रको सवलताको लागि बाम एकता आवश्यक

  • वैशाख ४, २०८२
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

अहिले प्रतिगामी शक्तिहरु टाउको उठाउन खोज्दैछ । गणतन्त्र माथि नै हमला बोल्न बुता गरिरहेको छ । राजतन्त्र फर्काउन प्रतिगामी चलखेल बढिरहेकाले लोकतन्त्रवादी र गणतन्त्रवादीहरु यो व्यवस्थालाई कसरी सवल बनाइ रहने यस विषयमा अग्रगामी शक्तिहरु एक हुन आवश्यक छ । प्रतिगामी र अग्रगामी शक्तिहरुलाई सतही रुपले देख्न नसके पावर भएको चश्मा लगाएर किता छुट्याउन आवश्यक छ । बेलैमा किता मजबुत नगरे राजनीति दृष्टिकोण प्रष्ट हुन सक्दैन । 

नेपाल कम्युनिष्टहरुहरुको उर्वरभूमि हो । आपसमा फुटेर कमजोर देखिएको छ । गणतन्त्रको लागि दस वर्ष युद्धको नेतृत्ब गरेको नेकपा माओवादी केन्द्र झन् जिम्मेबार हुन जरुरी छ । वर्तमान संविधानको प्रस्तावनामा नै समाजवाद उन्मुख भनिएको छ । संविधानको मौलिकहरुले शिक्षा स्वास्थ्य आवास लगायतका अधिकारको ग्यारेन्टी गरेपनि कार्यान्वयन पक्ष गतिलो देखिएन । जसले गर्दा उत्तम संविधान भएपनि संबिधान कार्यन्वयन गर्ने दलहरु धेरै चुकेकोले वर्तमान वर्तमान व्यवस्थाप्रति र नेतृत्वप्रति घृणा जागिरहेकोले यसको क्रेडिट कतै न कतै राजावादीहरुले उठाइरहेको छ । 

नेकपा एमाले र नेकपा माओवादी प्रचण्ड र ओली एक ठाउँमा आएपछि झण्डै दुई तिहाई जितेको जनतामा प्रगतिशील कामहरुले गति लिइरहेको थियो । देशले समृद्धि र विकासको पथमा अघि बढिरहेको थियो । गणतन्त्र सतसाल जस्तो बलियो भइरहेको थियो । एमाले फुट्दा नेकपा टुट्दा फेरि गैर कम्युनिष्टहरु सोह्रै आना फाइदा लिइरहेको छ । घर फुटाउ नीतिमा लागेका देशी विदेशी प्रतिक्रियावादीहरुको स्वार्थ पुरा भयो । 

राजावादीहरुको यस्तो चलखेल भइरहेको वर्तमान अवस्थामा परिस्थितिले नै प्रष्ट गरेको छ । सबै बाम एक ठाम आऊ नीति कार्यान्वयनमा ल्याउन जरुरी छ । एमाले माओवादी नेकपा एकिकृत समजवादी अलगै अलग रहेर देशलाई समाजवादीपथमा अघि बढाउन सकिंदैन । पुरानो पुस्ताले नेतृतत्वबाट विराम लिएर नयाँ पुस्तामा हस्तान्तरण गरेर भएपनि बाम एकता हुन जरुर छ । 

विद्या देवी भण्डारीको नेतृत्व एमालेमा भए पुरानो नेकपा ब्युताउँन तयार रहेको प्रचण्ड र माधव कुमार नेपालको प्रस्तावलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले समेत गम्भीर हुन जरुरी छ । प्रचण्ड ओली माधव नेपाल र केपी ओली अभिभावक सल्लाहकारको रुपमा रहेर पनि बाम एकताको लागि पहल कदमी लिन जरुरी छ । बाम एकताबाट नै गणतन्त्र सवल हुने देशमा स्थीरता र समृद्धिको लागि माहोल बन्नेछ । सबै बाम एक ठाम भएर समाजवादी मोर्चाहरुलाई पनि साथमा लिएर अघि बढे गणतन्त्रको सुरक्षित र सुनौलो भविष्य छ । 

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A