जसपा लहान नगर अध्यक्षमा महतो निर्वाचित

  • वैशाख ४, २०८२
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,बैशाख ४ गते 

जनता समाजवादी पार्टीको लहान नगर कमिटिको अध्यक्षमा राम उदगार महतो निर्वाचित हुनु भएको छ । 

सर्वसम्मत कमिटि चयन हुन नसकेपछि अध्यक्ष उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्ष पदको लागि आज सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा राम उदगार महतो ७० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाँलाई योगेन्द्र (कारी) यादवले ६१ मत ल्याएर पछ्याउनु भएको थियो । 

यसैगरी उपाध्यक्षमा शत्रुधन यादव ,चन्द्र नारायण कुशवाहा सचिवमा राम औतार महतो सह सचिवमा क्रमश: शिव कुमार महतो र राम किसुन यादव र कोषाध्यक्षमा राधा महतो निर्वाचित हुनु भएको छ । 

१३५ प्रतिनिधि मध्ये १३२ मत खसेको थियो । निर्वाचित महतोलाई नेता रोशन गुप्ता प्रदेश सभा माननीयहर ललिता दास र राज कुमार गुप्ता, जिल्ला समन्वय समिति सिरहा प्रमुख दिनेश महतोको सथ थियो भने कारी यादवको पक्षमा खुलेर लहान नगर उपप्रमुख राम चलितर महतो खुल्नु भएको थियो । 

अध्यक्ष पदको उम्मेदबार हरि शरण यादवले एक मत र अर्काे अध्यक्ष पदको उम्मेदबार सुभकलाल यादवले आफ्नो मत आफूमा समेत नलिई राम उदगार महतोलाई दिनु भएकोले राम उदगार जीत सुनिश्चित भएको एक नेताले बताउनुभयो । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A