चिकित्सक आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, आकस्मिकबाहेक सम्पूर्ण सेवा ठप्प

  • वैशाख १२, २०८२
  • समृद्धिपथ
alt

लहान, १२ वैशाख । शिक्षक आन्दोलन अझै नसुल्झिँदै गर्दा चिकित्सकहरु समेत आन्दोलनमा उत्रिएपछि देशभरको स्वास्थ्य सेवा थप अस्तव्यस्त भएको छ। विगत २४ दिनदेखि विभिन्न मागसहित आन्दोलनरत शिक्षकहरु सडकमा रहेका बेला अब चिकित्सकहरुले समेत सरकारविरुद्ध आवाज उठाएका छन्।

सरकारले आवासीय चिकित्सकहरुलाई आठौँ तहसरहको सेवा सुविधा दिने निर्णय गरेको भए पनि देशभरका मेडिकल कलेजहरुले उक्त निर्णयको अवज्ञा गर्दै कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरु आक्रोशित बनेका छन्। यही असन्तुष्टिका कारण उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

बिहीबार माइतीघर मण्डलामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग आन्दोलनरत चिकित्सकहरुको संवाद निष्कर्षविहीन भएपछि आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरिएको नेपाल चिकित्सक संघले जनाएको छ।

संघले सार्वजनिक गरेको नयाँ आन्दोलन कार्यक्रमअनुसार शुक्रबारदेखि देशभरका सबै सरकारी अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान र निजी क्लिनिकहरु बन्द गरिएका छन्। आकस्मिक तथा सघन उपचार सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारिएको छ।

आज केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला प्रशासन कार्यालय घेराउको कार्यक्रम सञ्चालन भइरहेको संघले जनाएको छ। जनकपुरस्थित नेपाल चिकित्सक संघ प्रदेश कार्यालयले पनि सबै चिकित्सकहरुलाई आकस्मिकबाहेकका सेवा अवरुद्ध गर्दै आन्दोलनमा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

लहानसहित देशभरका नागरिकहरुले सामान्य स्वास्थ्य सेवा लिन सक्दैनन्, जसका कारण विरामीहरुलाई गम्भीर सास्ती भोग्नु परेको छ। आन्दोलन चाँडो समाधान नहुने हो भने यो अवस्था अझ जटिल हुने देखिएको छ।

देशका विभिन्न क्षेत् ...

सिरहा। वैशाख १६ गते बुधबार देशका विभिन्न प्रदेशका जिल्ल ...

गोलबजारको ‘सडक बजार’ ...

सिरहा, वैशाख १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर ...

भूतपूर्व सांसद सिंहक ...

जीवछ उदासी लहान,बैशाख १२ गते सिरहा निर्वाचन क्षेत्र नम ...

सिरहा कारागारभित्र प ...

सिरहा । सिरहा कारागारभित्र फेरि एकपटक गम्भीर विवाद उत्प ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A