सिरहा वडा नं. ६ मा निजी शिक्षकमार्फत पठनपाठन सुचारु गर्ने तयारी

  • वैशाख १५, २०८२
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

सिरहा, वैशाख १५ गते । सरकारी विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण उत्पन्न शैक्षिक संकट समाधान गर्न सिरहा नगरपालिका वडा नं. ६ ले महत्वपूर्ण कदम चालेको छ। वडाध्यक्ष इन्द्रजित कुमार गोठियाको नेतृत्वमा वडाले भोलि मिति वैशाख १६ गतेदेखि निजी शिक्षक नियुक्त गरी विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो। 

वडाबाट जारी सूचनामा उल्लेख गरिएअनुसार करिब एक महिनादेखि जारी शिक्षक आन्दोलनले गरिब, निमुखा र दलित समुदायका बालबालिकाहरू शिक्षाबाट वञ्चित भइरहेका छन्। सूचनामा भनिएको छ, 'हामी शिक्षक आन्दोलनसँग ऐक्यबद्धता जनाउँछौं, तर आन्दोलनका कारण सर्वसाधारणका छोराछोरी शिक्षा पाउनबाट वञ्चित भइरहेका छन्, जुन हाम्रो लागि पीडादायक विषय हो।'

वडाध्यक्ष गोठियाले सरकारी शिक्षकहरूका अधिकांश छोराछोरी निजी विद्यालयमा अध्ययनरत भएकाले आन्दोलनको प्रत्यक्ष मार गरिब र कमजोर वर्गले मात्रै भोग्नुपरेको जनाएका छन्। यस कारण वडा कार्यालयले आफ्नै पहलमा निजी शिक्षकको व्यवस्था गरी स्थानीय विद्यालयहरूमा पढाइ सुरु गर्ने निर्णय लिएको हो।

सूचनामा थप उल्लेख गरिएको छ कि वडाका सबै बालबालिकालाई शिक्षा पहुँचमा ल्याउने लक्ष्यका साथ यो कदम चालिएको हो। वडाध्यक्ष गोठियाले स्थानीय अभिभावक, समाजसेवी र सरोकारवालाहरूलाई विद्यालय सञ्चालनमा आवश्यक सहयोग र समन्वय गर्न समेत आग्रह गरेका छन्।

FB_IMG_1745839312649

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A